Siraha Times
ताजा समाचार

नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता:- नगर प्रमुख शाह

  • फागुन २, २०७८
  • ११३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवामा लुम्बिनी प्रदेश स्थापना दिवस २०७८ को अवसरमा स्त्री तथा छाला रोग सम्बंधि तीन दिने वृहत स्वास्थ्य शिविरको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले गर्नुभयोl स्वास्थ्य कार्यालय तौलिहवा कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको समान्वय रहेको छ l उद्घाटन कार्यक्रमको अध्यक्षता कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष मोविन खां , श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरी रहनुभयोl

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजत प्रताप शाहले कृष्णनगर नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको बताउदै यस शिविर बाट सेवा लिन नगरका जनता लाई अनुरोध गर्दै चेक जांच का क्रममा जटिल रोग देखा परेमा नगरपालिकाले आफ्नो खर्चमा जिल्ला अस्पताल सम्म पुर्याउने बताउदै नागरिकको स्वास्थ्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयोl उक्त शिविरमा डा. मुकेश चौधरी तथा स्त्री रोग विशेषज्ञ प्रशंसा गुरुङ लगायत अन्य रहनु भएको छ l कार्यक्रममा हेमराज पाण्डेयले आफूहरू नागरिकको स्वास्थ्य प्रति सधै समर्पित रहेको बताउदै यस स्वास्थ्य शिविर बाट बढी भन्दा बढी व्यक्ति लाभ लिन आग्रह समेत गर्नुभयोl कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद पौडेलले कार्यक्रममा संचालन गर्नुभयोl आजको कार्यक्रममा २६९ जनाको स्वास्थ्य चेक जांच गरिएको त्यस मध्ये रहेक ४ जना कुष्ठरोगि पहिचान गरिएको साथै कोरोना भाइरसको एन्टीजेन टेस्टको समेत व्यवस्था रहेको स्वास्थय कर्मी चमेली गाहाले जानकारी दिनुभयो l स्वास्थ्य शिविर कार्यक्रमको सम्पूर्ण व्यवस्थापन फोकल पर्सन प्रभास पन्थीले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

कृषि ज्ञान केन्द्र क ...

अभिमन्यु पटेल रौतहट, १७ वैशाख । रौतहटको कृषि क्षेत्र फेरि एकपटक गम्भीर विवादमा तानिएको छ। कृषि ज्ञान ...

हावाहुरीपीडित २५ परि ...

रहमुल, लहान १७ वैशाख । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई र ...

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१