Siraha Times
ताजा समाचार

लहान ५ मा नसादको नशा उम्लियो, वडाध्यक्ष अंसारीसहित पाँचमाथी ज्यानमार्ने उद्योग

  • माघ २८, २०७८
  • १२३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २८ माघ । सिरहाको लहान नगरपालिकामा पेचिलो दाउपेच रोकिएको छैन । सातापक्षले एक थरी टेकनिक लगाएर पछार्न खोज्छन् । अर्कातर्फ विपक्षीले पचिलो दाउपेच हानेर अखडामै घिसार्न खोज्छन् । यो मैदानमा काँग्रेस र नेकपा एमालेको कसिलो खेल चलिरहेको छ । तर, खेलको अन्त आज साढे चार बर्षसम्म टुँगो लागेन । काँग्रेस पछाडि हटछन् त साताधारी एमाले पनि अखडा बाहिर जाने गरेको छ । आज फेरी यस्तै खेलको लागि लहान ५ को वडा कार्यालयलाई मैदान बनाएको छ । हुन पनि हो । जो स्थानीय चुनावको मिति तोकिएको छ । घटना यस्तो छ । लहान ५ कै एक १९ बर्षीय नसाद शेखले आफ्ना छिमेकीसँग विवाद गर्छन् । राती विवाद गर्छन् । भोली पल्ट विहानै आमासँग नसाद गर्मिलो भासमा उदमादसाथ आत्मदाह गर्ने प्रयास गर्छन् । तर, नसादले नशाको सेवनमा आफ्नो टाउँको आफैले फुटाउँछन् । नसादको नशाले त्यो टाउँको फुटेको रक्तामय औषधोपचारमा नपुगेर एक समूहको गोटी—मोहरा बन्न पुग्छन् । नसाद मोहरा बनेर माघ २६ गते विहान १० बजेतीर नै लहान ५ को वडा कार्यालयमा पुग्छन् । नसाद नशाले मातिएर वडा कार्यालयको फाइल, टेबुल, कुर्सीसँग सिनाजोरी गर्न थाल्छ ।

Open photo

त्यस कार्यालयको समान तोडफोड गर्दै गर्दा केही छिनमा बेहोश भएर त्यही एक बेन्चमा अराम गर्छन् । कार्यालयमा रहेका सचिव कृष्ण साह र राजा मेस्तरले उनलाई त्यहाँबाट निस्किन आदेश गर्छन् । त्यसपछि नसाद काँग्रेसी नेता कार्याकर्तामा पुग्छन् । त्यहाँबाट नसादलाई प्रयोग गरेर ज्यान मार्ने उद्योगको उजुरी लहान प्रहरीमा दर्ताको प्रयास गर्छन् । घटना बखत वडा कार्यालयमा वडाध्यक्ष सुलेमान अंसारी हुँदैन । वडाध्यक्ष अंसारी अमिनसँगै एक टोलमा जग्गा नापीको लागि गएका हुन्छन् । यता, नसादपक्षले वडाध्यक्ष अंसारी, सचिव कृष्ण साह, राजा मेस्तरसहित पाँच जनामाथी लहान प्रहरीमा ज्यान मार्ने उद्योगको उजुरी दर्ताको प्रयास चलाएको छ । यसैबीच नेपाली काँग्रेस आबद्ध रामऔतार शर्माले फोन गर्दै भने ‘एकतर्फी समाचार गरेर हुँदैन ।’ ‘घटना वडा कार्यालयमै भएको हो । नसादको टाउँको उनीहरुले नै फुटाएकोले प्रहरीमा उजुरी परेको हो ।’ सोहीक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी एक पत्रकारसँग कुरा गर्दै ‘यो राजनीतिक जालझेल हो ।’ ‘दोषी जो भएपनि कारवाही हुन्छ ।’ लहानको यो मैदानमा एमाले र काँग्रेसको दाउपेच नरोकिने स्थानीय आलम खानको दावी छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१