लहानमा अब के समस्या ?, मेयर मुनीको उपहार

  • माघ २६, २०७८
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २६ माघ । नेपालकै ठूलो भनिएको लहान नगरपालिकाले आफ्नो प्रतिबद्धता के के पुरा गरेका छन् ? यसको चर्चा स्थानीयतहको निर्वाचन घोषणा लगतै चौकचौरहामा मिनी वक्तव्यवाजी चलिरहेको छ । सोहीक्रममा आज समाजिक सँजाल फेसबुकमा यस्तो भेटियो । सरकारी विद्यालयमा विद्यार्थीको संख्यामा कमि आएको छ । बस पार्कलाई सही ठाँउमा सदुपयोग गर्न नसकेको दावी गरिएको छ । वडामा बजेट वितरण गर्दा विभेद गरिएको दावी गरिएको छ । सेवाग्राही बर्षोदेखि सेवा सुविधाबाट बंचित छन् । कतिको सहकारी दर्ता गरिएको छैन । कतिको क्लिनिक दर्ता, नीजि विद्यालयको कक्षा अपग्रेड, मलखाद्यलगायतको समस्या यथावत नै छ ।

त्यसैगरी लहान नगरपालिका नेपालकै एक ठूलो नगरपालिका भएपनि मेडिकल कलेज तथा इन्जिनियर क्याम्पसको कमि महसुस गरिएको छ । साथै स्वास्थ्य प्रतिष्ठानको व्यवस्थापनमा कमि रहेको दावी गरिएको छ । कृषिक्षेत्रमा असन्तुष्टि रहेको छ भने विशुद्ध खानेपानी तथा पूर्णसरसफाईको कार्यमा कमजोर रहेको उल्लेख छ । स्वास्थ्य चौकीहरु विश्राम अवस्था देखिएको छ । यो बुँदालाई समाजिक सँजालका स्टाटसकर्ता मुख्य उपहार भनेर व्यँग गरेको छ । यसैबीच, तीन बर्षअघि मेयर मुनी साहले एक सरसफाई कार्यक्रममा नवसंग्रामकर्मीसँग यस्तो प्रतिबद्धता गरेका थिए । मेयर मुनी साहले लहानलाई चाडै मोर्डन सिटीको रुप दिने बताएका थिए । नगरपालिकाले प्राथमिकतामा राखेको योजनाहरु मध्ये रिंग रोड र स्थानिय श्रोत साधनलाई प्रयोग गरी गाउँ गाउँमा सहकारी घर घरमा रोजगारीको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका थिए । मोर्डन सिटिका लागि शिक्षा , स्वास्थ्य , बाताबरण मैत्री स्थानिय शासन, बाल मैत्री स्थानीय शासनलगायतका सुचक रहेकोले सबै क्षेत्र सुधारका लागि नगरपालिकाले पहल गरिरहेको मेयर साहले बताएका थिए ।

उता, बेरोजगारीका कारण युवाहरु कुलतमा फँसेर अमानबीय घटनाहरु घटाईरहेकाले रोजगार सृजना गर्न नगरपालिकाले सक्दो पहल गरिरहेको भन्दै नगर क्षेत्रमा शान्ती सुरक्षा कायम गरी बिद्यमान हिंसा न्युनिकरणका लागि नगर क्षेत्रमा कार्यरत संघ संस्थाहरु संग सहकार्य गरी आगाडि बढने बताएका थिए । उहाँले मानबअधिकारका घटनाहरु दिन प्रतिदिन यस क्षेत्रमा बढदै गईरहेकोले न्युनिकरणका लागि स्थानीय प्रहरी प्रशासनको भुमिका पनि उल्लेखनीय रहेको दर्शाएका थिए । छलफलका क्रममा मेयर साहले पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने जुन लक्ष्य लिएको छ, त्यसलाई पूरा गर्ने बताएका थिए । लहान नगरपालिकाले गर्नुपर्ने यस्ता कार्य कति भएको छ ? कति हुँदैछ ? कति हुन बाँकी छ ? यो सवाल आजभोली चियागफ र सँध्या नास्ता बैठारमा चलिरहेको छ । यसवारे मेयर मुनी साहलाई सम्पर्क गर्न खोज्दा उहाँका गोजी पत्रकारहरु मौन छन् । हुनत मेयर मुनी साह आफ्ना गोजी बाहिरका पत्रकारलाई धारणा सार्वजनिक गर्न दिन चाहेका छैन ।

प्रतिक्रिया दिनुहोस

राजनितिक खबरदारी तथा ...

संजु कुमारी दास, लाहान जेठ १६ । अन्तर पुस्ता महिलावादी मञ्च अनुपम अभियान सिरहाले आज देशव्यापी रुपमा ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १५ जेष्ठ । वीरगंज स्थित नेशनल मेडिकल कलेजमा वीरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी ...

लहानको हस्पिटलचौकमा ...

लहान, जेठ १५  । सिरहाको लहान -३ हस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१