Siraha Times
ताजा समाचार

नेतृत्वकालागि दलित जनप्रतिनिधि उपयुक्त :- दलित अगुवाहरुको धारणा

  • माघ २६, २०७८
  • ६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार(नवसंग्राम दैनिक)लहान/२६ माघ। दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ सप्तरीद्वारा आयोजित एकदिने जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा कुशल नेतृत्वकालागि दलित जनप्रतिनिधि उपयुक्त दलित अगुवाहरुले धारणा राखेको छन। स्थानीयतहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र भावी कार्यदिशा विषयक राजनीतिक दलका भातृसंगठनका अगुवाहरुसँग जिल्लास्तरीय अन्तरक्रिया सिराहाको मिर्चैयास्थित होटल होलिडे एण्ड पार्टी प्यालेसमा आज एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । खासगरी कथित दलितका केही आवाजहरु के के? घडेरी , शिक्षा , स्वास्थ , सुरक्षा , घर , सुरक्षा , रोजगारी , पहिचान , सीप , सम्पत्ति , अवसरका विषयमा सरोकारवालाहरु ध्यानाकर्षण गराउँदै आवाज उठाएका छन। अहिले निर्वाचित जनप्रतिनिधिहरुको गर्ने काम र हेर्ने नजरिया फरकफरक छ। अहिले दलितबाहेक अन्य जातिहरु राजनीतिमा प्रवेश गरेर सुखी सम्पत्ति आर्जन गरेर धनवान् बनेको सर्वविदित्तै छ। आजको जिल्ला अगुवा अन्तरक्रिया कार्यक्रममा छलफलका विषयहरु :-

- दलित वा अल्पसंख्यक भनेर संविधानमा भएको व्यवस्थाले पारेको प्रभाव ।

- स्थानीयतहमा जनप्रतिनिधिका रुपमा रहेका दलित र महिलाको वर्तमान अवस्था ।

- जनप्रतिनिधिमा दलितको प्रतिनिधित्व बढाउन केके गर्ने ।

- कोरोनाले स्थानीयतहमा दलित र महिलालाई पारेको मार्का।

- दलित र महिलाले गरेका कामको सफलताको कथासँग विषयमा छलफल गरिएको खवर छ।

जनप्रतिनिधि बन्न दलितकालागि रहेका मुख्यमुख्य व्यवस्थाहरु:-

- संविधानको धारा ४० मा दलित हक (१) मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने व्यवस्था छ।

- धारा ४२ मा सामाजिक न्यायको हक (१) मा सामाजिक रुपले पछाडि परेका महिला दलित आदिवासी जनजाति आर्थिक रुपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागीताको हकको व्यवस्था छ।

- स्थानीयतहमा वडा सदस्य एकजना दलित महिला हुनुपर्ने व्यवस्था छ। - नगरकार्यपालिकामा ३ र गाउँकार्यपालिकामा २ जना दलित वा अल्पसंख्यक निर्वाचित हुने व्यवस्था छ।

- प्रतिनिधिसभामा १३.८ % कोटा र प्रदेशमा सम्बन्धित प्रदेशको जनसंख्या अनुसार प्रतिनिधित्व गर्ने अधिकार संविधान उल्लेख्य छ।

एक तथ्यांकअनुसार सिरहामा ( १४०४७३ ) २२ % दलित छन। १७ वटै पालिकामा एउटा पनि उपप्रमुख / उपाध्यक्ष निर्वाचित छैन्न। कस्तो विडम्बना ? यो सँगै प्रदेशसभामा दलितको प्रतिनिधित्व :- एक तथ्यांकअनुसार मधेश प्रदेशमा कुल जनसंख्याको १७.३% दलितको जनसंख्या छ। दलितको प्रतिनिधित्व ७% ले हुनुपर्नेमा (-१०) मा रहेको तथ्यांकले देखाउँछ । यी र यस्ता बेतिथिहरु सृजना भएकोमा दलित सरोकार मञ्च र सरोकारवालाको ध्यानाकर्षण हुनुपनि जरुरी देखिन्छ । दलित जनप्रतिनिधि बढाउन के गर्ने ? के के गर्न सकिन्छ ? राजनीतिक दलको घोषणापत्रमा दलित र महिलाको सवाल आखिर के के ? लगायतका विषयहरुमा बृहत् छलफल तथा अन्तरक्रिया गरिएको कार्यक्रमका प्रशिक्षक डा. विजय मिश्रले बताए ।

Open photo

Open photo

Open photo

Open photo

 

 

प्रतिक्रिया दिनुहोस

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१