Siraha Times
ताजा समाचार

अविवाहित आमा निहारिकाको जिल्ला अदालत धनुषाको फैसला

बलात्कारी धनुषा जिल्ला अदालतबाट सफाइ पाए

  • माघ २५, २०७८
  • १२५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

निहारिका न्यायलयबाट न्याय नपाएर हारे पनि उनको हौसला हारेको छैन । गर्भ बोकेर जिल्ला प्रहरी कार्यालय धनुषा देखि अदालत सम्म को पीडा, बाधा, अवरोध सह्दै संघर्ष गर्दै अदालतले न्याय दिन्छ भन्ने आस लिएर न्यायको पर्खाइमा थिन तर आज को फैसलाले उनको हौसलालाई कमजोर बनाएको छ । तर मलाइ बिश्वास छ निहारिका जस्तो साहसी महिला हरेस खादैन्न र खाएको पनि छैनन ।तर प्रश्न उठछ आजको अन्यायपूर्ण फैसला आउनुमा दोषी को? मैले काम गर्दै आउदा भोगेको बाधा अवरोध हेर्दा यस किसिमको फैसला आउनुमा न्यायलय मात्र नभइ न्यायका लागि खडा भएका सम्पूर्ण निकाय त्यतिकै जिम्मेवार छन । पिडित र असहायको न्यायका लागि खडा भएका संयन्त्रले पिडित भन्दा पनि पिडक, शक्तिशाली, पहुँचवला को लागि गरिरहेको काम विरुद्ध हामी यसरी नै चुप बसे यो संस्थागत हुँदै जान्छ । त्यसैले युवा परिवर्तनका सम्वाहक हुन । त्यसैले हामी चुप नबसौ । फितलो अनुसन्धान पद्धति,शक्तिशाली र पहुँचवलाको लागि काम गर्ने सिस्टम विरुद्ध अवाज उठाऔ ।
समाचार फेसबुकवालबाट साभार गरिएको हो  
 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१