Siraha Times
ताजा समाचार

लगानी अनुसार प्रतिफल दिन सकेन सामुदायीक विद्यालयले : मन्त्री पोखरेल

  • असोज १७, २०७५
  • ८१६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

सिरहा, १७ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुयादीक विद्यालयले लगानी अनुसारको प्रतिफल दिन नसकेको बताएका छन् । सिरहाको गालबजार नगरपालीकाव्दारा आयोजित प्रथम उप मेयर कराते प्रतियोगिताको उद्घाटन तथा पूर्ण विद्यार्थी भर्ना कार्यक्रममको घोषणा गर्दै मंगलबार मन्त्री पोखरेलले राज्यले जुन परिणाम सामुदायीक विद्यालयमा लगानी गरेको छ, त्यो अनुसारको प्रतिफल दिन नसकेको बताएका हुन् । 
 
सामुदायीक विद्यालय सुधारको लागि मन्त्रालयले २२ बुदे विद्यालय सुधार योजना बनाएको भन्दै मन्त्री पोखरेलले भने, ‘सामुदायीक विद्यालयको अवस्था लगानीको हिसावले अत्यन्तै कमजोर रहेको छ, वयसलाई सहि ठाउँमा ल्याउन सवैतहका सरकारसँगै सम्पूर्ण अभिभावक तथा सामुदायीक  अध्ययन केन्द्रहरुको पनि सकारात्मक भूमिका आवश्यक छ ।’ उनले देशमा पटक पटक राजनीतिक परीवर्तन भएपनि शिक्षा क्षेत्रमा सुधार आउन नसकेको औंल्याउनु भयो । मन्त्री पोखरेलले भन्नु भयो, ‘देशमा प्रजातन्त्र, लोक तन्त्र, गणतन्त्र आयो तर सामुदायीक शिक्षाको क्षेत्रमा त्यसको कुनै असर देखीएन, अव शिक्षाक्षेत्र यही अवस्थामा रहन सक्दैन ।’
 
परिवर्तित समय अनुसार शिक्षाको क्षेत्रमा पनि विकास गर्दै सामुदायीक विद्यालयहरुमा पनि अव प्रविधिक धारको विस्तार गर्नु जरुरी रहेको पनि मन्त्री पोखरेलले बताए । हाम्रो शिक्षा अझै पनि १०÷१२ वर्ष सम्म पढ्यो विद्यालयबाट निस्कदा सर्टिफिकेटबाहेक केही हुँदैन त्यसैले अवको शिक्षा प्रविधिक हुविधिक तथा बैज्ञानिक हुनु पर्नेमा जोड दिंदै सरकारले पनि यो दिशामा काम अगाडी बढाईरहेको मन्त्री पोखरेलले बताए । सोही क्रममा मन्त्री पोखरेलले संघियता जटिल विषय भएको बताए । उनले राजनीतिक रुपमा हामी संघियतामा गएको भएपनि यसको कार्यान्वन प्रकृया जटिल रहेको सुनाए । उनले भने, ‘संघियता सुन जति सहज छ, त्यसलाई लागुगर्न त्यतिकै जटिल छ । जटिल कामलाई पार लगाउन पनि सवैतहका प्रतिनिधीहरुले सोही अनुसारको मेहन गर्न जरुरी हुन्छ ।’
सोही क्रममा गोलबजार नगारपालीकामा रहेको सम्र्पू बालबालिका विद्यालय भर्ना भईसको घोषण भएको छ । गमेलबजार नगरपालीकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएको घोषणा गरेको छ । विशेष भर्ना अभियान अन्तर्गत नगरपालीकाले नगरक्षेत्रका ३१ व्टा सामुदायीक विद्यालयमा एक सय ७५ छात्र र एक सय ८९ जना छात्रा सहित तीन सय ६४ जना विद्यार्थी भर्ना गराएको जनाएको छ । नगरक्षेत्रका ३१ सामुदायीक विद्यालयमा चार हजार आठ सय २४ छात्रा र चार हजार छ सय २० छात्र सहिज जम्मा नौं हजार चार सय ४४ विद्यार्थि रहेको नगर शिक्षा समितिले जनाएको छ ।कराते प्रतियोतितामा भने सातै प्रदेश तथा स्थानीय आयोजक समिति सहित आड टिमका एक सय २० जना खेलाडीको सहभागीता रहेको छ । खेल बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१