Siraha Times
ताजा समाचार

केही वर्षमा नेपाल सिंगापुर र स्विजरल्याण्ड जस्तो बन्छ : ओली

  • चैत १४, २०७४
  • ७४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताउनुभएको छ ।‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सरकारले नेपाल बनाउँछ । केही वर्षमा नागरिकले नेपाललाई सिंगापुर र स्विटजरल्याण्ड जस्तो भन्ने छन् ।नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ औं महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल सिंगापुर र स्विजरल्याण्ड जस्तो बन्ने बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने बताउनुभएको छ ।कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले प्रधानमन्त्रीले त्यसै स्थानबाट देशबासीलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राराबाट यसपटक पर्यटनको बिगुल बजाइनेछ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१