Siraha Times
ताजा समाचार

लहानमा एकीकृत समाजवादी पार्टीको लहान नगर कमिटीको कार्यालय उदघाटन

  • माघ २३, २०७८
  • १२६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ माघ- एकीकृत समाजवादी पार्टीको लहान नगर कमिटीको कार्यालय सिरहाको लहानमा स्थापना भएको छ।बृहत कार्यक्रमको आयोजना गरी पार्टी कार्यालय उदघाटन गरेको हो। प्रदेशको क्षेत्रीय इन्चार्ज राम दयाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व मन्त्री तथा पार्टीको मधेस प्रदेश अध्यक्ष राम चन्द्र यादव रहनु भएको थियो।बिशिस्ट अतिथिमा सिरहा जिल्लाको सह-इन्चार्ज तथा पार्टीको केन्द्रिय सदस्य सत्यनारायण यादव रहनु भएको थियो। अतिथिहरुमा सागर देबि चौधरी,राम बाबु यादव,प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष प्रमोद कुमार यादव,जिल्ला उपाध्यक्ष उतर बहादुर जर्घा मगर,जिल्ला उपसचिब अशोक कुमार यादव,कनचन चौधरी,सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्ष केदार यादव लहान नगर अध्यक्ष बिनोद साह,महेश यादव,ज्ञान महतो लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।प्रमुख अतिथि राम चन्द्र यादवले रिवन काटेर कार्यालय उदघाटन गरेका थिए। नेकपा एमालेमा ठुलो पहिरो नै गरेको एकीकृत समाजवादी पार्टीका नेताहरुले बताए।एमालेका प्रभाव शालिन नेता तथा सिरहा क्षेत्र नम्बर १ का अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी समहाल्दै आएका बिष्णु लाल साहले नेकपा एमाले प्रत्यागरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।समाजवादी पार्टी नै सबै बर्ग र समुदायको पक्षमा काम गर्ने भएकोले उक्त पार्टीलाई रोजेको उनले बताए।उक्त कार्यक्रममा पार्टीका नगर अध्यक्ष बिनोद साहले सुभ कामना मन्तब्य राखेका थिए।
Open photo
 
 Open photo
 
 Open photo
 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१