कृष्णागर नगरपालिका प्रमुख शाह कांग्रेस प्रवेश गर्दै

  • माघ २१, २०७८
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी / माघ २१ कपिलवस्तुको कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने वताईएको छ । नगरप्रमुख शाह सनिवार एक कार्यक्रमका विच नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका नेता प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले नगरप्रमुख शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने वताउनुभएको छ । मेयर शाह संगै वडा अध्यक्षहरु पनि प्रवेश गर्ने तयारी रहेको वुझिएको छ । २०७४ सालको स्थानीय तहको निर्वातनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वपूर्ण तरिकाले हेरिएको छ । कोभिड १९ को कारण सामान्य तयारी गरेर पार्टि प्रवेश गराउने कांग्रेसले तयारी गरेको छ । मेयर शाहलाई कांग्रेस प्रवेश गराउन नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन , महामन्त्री सुरेन्द्रराज आर्चाय , पार्टिका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , जिल्ला सभापति अव्दुल कलाम लगाएतका नेताहरु कृष्णनगर जाने कार्यक्रम रहेको छ । मेयर शाहले आफु कांग्रेस प्रवेश गर्न लागेको कुरा आफनो सामाजिक संजाल फेसवुकवाट पनि जानकारी दिनुभएको छ

प्रतिक्रिया दिनुहोस

लहानको नहर अनुगमन सम ...

रहमुल, लहान, साउन १५ । मधेस प्रदेशको लहान क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न उच्चस्तरीय टोलीले नह ...

चार वर्षदेखि रोकिएको ...

लहान साउन १५ । निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने ...

सिरहाको धनगढीमाईमा अ ...

ओम प्रकाश यादव लहान, साउन १४ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा न. ११ स्थित आमचोकमा गएराति एक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१