Siraha Times
ताजा समाचार

सिरहा : सडक दुर्घटनामा तीन घाइते, एकको अवस्था गम्भिर

  • असोज १५, २०७५
  • १४६१ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १५ असोज । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ स्थित आज (सोमबार) विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको विआर ३० आर ५१७१ नम्बरको भारतीय कार एकापसमा ठोक्किदा ३ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । 
झापाको भद्रपुर नगरपालिका बडा नं. १ बस्ने ट्रकको चालक अन्दाजी ३० बर्षीय राजु श्रेष्ठ, पर्साको बिरगंज उपमहानगरपालिका बडा नं. १६ बस्ने कारको चालक अन्दाजी ३० बर्षीय लाबश चौरसीया र कारमा सबार सोही स्थानका अन्दाजी २५ बर्षीय पुनित कुमार महतो घाइते भएका छन् । घाइते मध्ये कारका चालक चौरसीयाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएका छन् ।  घाइतेहरुको मिर्चैयामा रहेको मंगलम हेल्थकेयरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१