Siraha Times
ताजा समाचार

सिटीई भिटीका पदाअधिकारीहरु भैंसी हो भन्दै लहानमा विद्यार्थीहरुले निकाले भैंसी जुलुस

  • माघ १८, २०७८
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ माघ-सिटीई भिटी अन्तर्गत अध्ययनरत रहेका विद्यार्थीहरुले सिरहाको लहानमा पर्दर्शन गरेका छन्। विद्यार्थीहरुको एक समुहले परिक्षा लिने वातावरण सिर्जना गर,३ बर्षको पाठ्यक्रमलाई ७ बर्ष लगाउन पाउदैन,सिटीई भिटीका सम्पुर्ण विद्यार्थीहरुको लागि रोजगारीको वातावरण सिर्जना गर,परिक्षा लिएको २ महिना देखि ३ महिना भित्र नतिजा प्रकाशन गर्ने वातावरण सिर्जना गर,लगायतका माग राखदै सयौं विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। लहान स्थित रहेका प्राबिधिक शिक्षालयमा अध्ययनरत रहेका विद्यार्थीहरुले लहानमा भौसी जुलुस निकालीएका छन्।सिटीई भिटीका कर्मचारीहरु भैंसी हो भन्दै भैसिको संङ्या दिदै भैंसी जुलुस निकालिएका छन्।पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्राङ्गणबाट निकालिएको जुलुस पुर्व पश्चिम राजमार्गमा विद्यार्थीहरुले आधा घन्टा चक्का जाम गरेका थिए।

केहि बेर विद्यार्थीहरुले चक्का जाम गर्दा प्रहरीहरुले हस्तक्षेप गर्दै,आन्दोलन बिथोलेका थिए।आन्दोलनको प्रभावले केही बेर लहान बजार तनावग्रस्त भएका थिए।दुई जना आन्दोलनकारी विद्यार्थी ससिन्द्र राज महतो र अमित कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएका थिए।ईलाका प्रहरी कार्यालय लहानको अगाडी विद्यार्थीहरुले प्रहरी प्रसारण मुर्दा बाद,प्रहरी दमन बन्द गर,पक्राउ गरेका विद्यार्थीहरुलाई रिहा गर,लगायतका माग राख्दै आन्दोलन गरेका थिए। ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायब उपरीक्षक डा.तपन कुमार दाहालका अनुसार आन्दोलन गर्ने विद्यार्थीहरुले हामीलाई कुनै जानकारी नगाराई एकासी अराजक सैलिमा आएर राजमार्ग् जाम गर्नु भएन सर्बसाधारण ब्यक्तीहरुको जीवन अस्तवेस्त हुने र शान्ति सुरक्षामा खल्ल हुने गरी क्रियाकलाप गर्न मिल्दैन भने विद्यार्थीहरुलाई अग्रह गरेका थिए।तपाईंकोहरुको समस्या सिटीई भिटीसंग सम्बन्धित छ। सम्बन्धित निकायमा कुरा राख्नु पर्यो उनले बताए।

प्रहरीले आन्दोलन बिथोल्न खोज्दा युवाहरूले आक्रोशित भएका थिए। युवाहरूको एक समुहले राजमार्गमा गुडदै गरेको हाईएसमा ढुङ्गा प्रहार गर्दा आधा घटना लहान बजार तनाब ग्रस्त भएका थिए। विद्यार्थी नेता ससिन्द्र राज महतोले आक्रोश हुँदै विद्यार्थी माथि गरेको दमन जाईज नरहेको भन्दै अब यो आन्दोलन दोन्न्दमा परिवर्तन हुन्छ उनले बताए ।हामीहरुको माग पुरा भएन भने देश भरी आन्दोलन गर्ने सिटीई भिटी कर्मचारीहरुलाई चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१