Siraha Times
ताजा समाचार

राष्ट्रिय युवा संघको सिरहा संयोजकमा शर्मा चयन

  • माघ १२, २०७८
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ माघ- राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकबाट सिरहा संयोजकमा जयप्रकाश शर्मा लाई चयन गरेको छ।सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर १२ सिमलटोकीमा जन्मिनु भएका युवा शर्माले सिरहा संयोजकको जिम्मेवारी पाएका छन्। बुबा रामप्रबोध ठाकुर र आमा बुधनी देबी ठाकुरको करीब ३२ वर्षिय छोरा जयप्रकाश शर्मा ठाकुरले केहि हप्ता अगाडि पोखरामा बसेको बैठकबाट समाजसेवी थाहा राजनीति बुझेका युवा नेता शर्मालाई चयन गरेका पार्टीले चयन गरेका छन्। शर्मा सिरहाको धनगढीमाई नगरपालिका १२ सिमलटोकी गाउँमा २०४१ मंसिर ११ गते जन्मेका हुन्। उनले सानै उमेर देखि राजनितीमा लगेका हुन्। उनलाई बालियकाल देखि राजनिती प्रति निकै लगाव देखिएको थियो।शर्मा नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीको भातृ संगठन तहकानिन युवा संघबाट राजनिती यात्रा सुरु गरेका थिए। उनले २०६७ साल देखि युवा संघको गाउँ कमिटी अध्यक्षको ३ बर्ष कार्यकाल चलाएका थिए।

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्षको समेत जिम्मेवारी चलाएका थिए।२०७८-५-३१ गते राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्ष,रहदै २०७८- ५-३ गते धनगढीमाई नगरपालिका वाडा नम्बर १२ को पार्टी वाडा कमिटी अध्यक्षको जिम्मेवारी सम्हालदै आएका थिए। उनले गाउँका एउटा असल युवा तथा होनिहार युवाको रुपमा प्रचलित रहेका छन। पोखरामा बसेको राष्ट्रिय युवा संघको केन्द्रिय कमिटीको बैठकबाट जय प्रकाश शर्मा ठाकुर २०७८-१०-८ गते राष्ट्रिय युवा संघ नेपालको सिरहा जिल्ला संयोजकको रूपमा जिम्मेवारी दिएका छन्। शर्मा राजनीतिको प्रखर ब्यक्तीको रूपमा चिनिएका हुन्। उनको समाज परिवर्तन गर्न विशेष रुचि रहेको स्थानीय तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी सदस्य बिरेन्द्र कुमार महतोले बताए।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१