Siraha Times
ताजा समाचार

महिला मन्त्री माथि गरिएको दुर्व्यवहार प्रति सिके राउत बिरुद्ध प्रदर्शन

  • माघ १०, २०७८
  • १३३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नबिन यादव सप्तरी - जनता समाजवादी महिला नेत्री  मन्त्री रेनु कुमारी यादव माथि  गरिएको दुर्व्यवहार प्रति आज सप्तरीको राजविराजमा जनता समाजवादी पार्टीका युवाहरूले डा सिके राउत माथि बिरुद्ध प्रदर्शन गरिको छ ।  नेपाल सरकारको भोैतिक पूर्वाधार तथा यतायात मन्त्री   रेणु कुमारी यादव  माथि माघ ५ गते का दिन डा सिके राउतको कार्यकर्ता द्वारा  रौतहट घेरा बन्दि गरि दुवर्यवहार तथा हत्या प्रयास गरिएको थियो । सोही घटनाको  बिरूद्वमा  सप्तरीमा जनता समाजवादी पार्टी नेपाल का भातृसंगठन , महिला संघको नेतृत्वमा विद्यार्थी यूवाको संयुक्त बिरोध एवं बृहत प्रदर्शन  गर्दे  दसन चोकमा कोणसभा गरिएको थियो। 

बिरोध एवं बृहत प्रदर्शन कार्यक्रममा महिला संघ का केन्द्रीय सचिव लक्ष्मी चोैधरी ,महिला नेत्री रमिल्ला साह , दिल कुमारी चोैधरी, महिला नेत्री सबित्री पण्डित  यूवा नेता लक्ष्मण यादव ,विद्यार्थी नेता तारकेश्वर यादव , युबा नेता बिशाल यादव  समाजवादी यूबा संघ सप्तरी जिल्ला  अध्यक्ष शिवम जादव , बम बम यादव, पप्पु यादव , पुष्पराज मंडल,युबा नेता सतेन्द्र यादव,शक्ति यादव , बिद्यार्थी नेता श्याम  यादव लगायतको उपस्थिति रहेको थियो। करिब ५०० को हाराहारीमा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्षता महिला संघका  जिल्ला उपाध्यक्ष प्रमिला साह गर्नु भएकी थिइन् भने संचालन युबा सचिब केदारप्रसाद  यादव ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१