Siraha Times
ताजा समाचार

सिरहाका कर्तुसहरुको हविगत, दिनदुःखीको फेरिस्त

  • असोज १४, २०७५
  • १२८० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

सतिसा यादव नवसंग्राम दैनिक लहान । दिनदुःखी गरिबको लागि स्थानीय सरकार कठोर बनेको छ । मेला महोत्सव र केटी नचाउंन चन्दा दिने गरेको छ । त्यससंगै सामाजिक मानमर्यादा विर्सेर ‘जिन्स डिला.... भने डिजेमा फन्का लगाउंछन् । यस्ता रमिताका कर्तुसहरु सिरहा सप्तरीमा यथेष्ट पाइरहेको छ । एउटा उदाहरण मात्र नभइ अनेकौ यस्ता कर्तुस रहेको छ । सिरहाका केही जनप्रतिनिधिहरुको यस्तै हविगत छ । सिरहा ९ स्थित एक मजदुर जसको बस्ने घर पनि अरुकै जग्गा हो । एक छाक टार्नको निम्ति बैन मजदुरी गर्नु बाहेक विकल्प नरहेको रवीन्द्र गुरमैता केही दिन अगाडि ज्यान त्याग गरेका छन् । गुरमैतामाथी केही अपराधीले तेजाव हालेको थियो । उनी उपचारको अभावमा मृत्यू शैया अंगाल्नुभयो । अब उनका १ बर्ष , ५ बर्षका दुई बेटी र ३ बर्षका एक बेटा रहेका छन् । यो संगै उनका पत्नि र आमा अथाह दुःखको शिकार भएका छन् । यस्ता पीडाका शिकार भएका कति छन् यहां ? यसको बर्णन गर्न साध्य छैन । सिरहा ९ का अर्का घटना यस्तै दर्दनाक छ । दाईबत्ती धोविनीको पति कालगतीले जीवन त्याग गरे । आज उनका एक मात्र छोरी छन् । उनी नागरिकता विहीन छन् । उमेर ४० काटिसकेकी उनी छोरी नागरिकता बनाउंन अहिलेसम्म २० हजार खर्च गरिसकेका छन् । आमाको नामबाट नागरिकता बनाउंन नपाएर गैरनागरिकमा दर्जिएको छ । उनकी पतिले पनि नागरिकता बनाउंन नमानेर जीवनको धारहरु उनको लागि विरान हुन थालेको छ । एक त उनको गरिबीले जीवनको धारहरु सवल बन्न सकिरहेका छन् । अर्कातीर नागरिकताको पीडाले उनी आफ्ना सन्तानहरुलाई सुमार्गतर्फ डोर्याउंन सकिरहेका छैन ।

सिरहा ६ कठोलवाको एउटा अर्को असहनीय घटना रहेको छ । बुबा, दाजु भाई नरहेको अवस्थामा मृगी—क्षारे रोग उत्तेजित भयो । उनलाई उपचारको लागि आमाको सहयोगमा सिरहा अस्पताल उपचारमा ल्यायो । गरिबी न हो पैसाको अभावमा उपचार हुन सकिएन । उनले पनि उपचारकै क्रममा ज्यान त्याग गरे । तर, गरिबलाई थप पीडा हुंदो रहेछ । यसको प्रमाणित सिरहा अस्पतालले गरेर देखाइयो । गरिबको रगतसंग पैसा दाजेर पोस्टमार्टममा लगियो । पैसा नभएका बुढी आमाले मागेर १० हजार तिरियो । १० हजार तिरेपछि मात्रै पोस्टमार्टम भएको छ । गरिबलाई कति सताउंन— पीडा दिन इच्छा जागृत छन् यहांका कार्तुसहरुलाई । यही हो न्याय ? सवालमाथी सवाल उठ्नु स्वभाविक नै हो । गरिबलाई पीडा छदैछ । यसमा पनि दलितको पीडा कहालिलाग्दो छ । सिरहा ३ स्थित रहेको प्रावि रामनगर गुलेरियाको हो । यसो त यो स्कूल एउटा उदाहरण मात्रै हो । यो स्कूल बाहेक अधिकांशमा यस्तै अवस्था छ यहां । खासमा दलित बालबालिकालाई शिक्षामा जोड दिन सरकारले विभिन्न योजना ल्याएको छ । खाजा कार्यक्रम । पोशाक । छात्रवृतिलगायत विभिन्न कार्यक्रम रहेपनि त्यस विद्यालयमा चार जना यस्ता शिक्षक छन् । जो विद्यार्थीको छात्रवृति, खाजा र पोशाकमा समेत कमिशन खाने गरेको छ । कमिशन खाएर पनि राम्ररी अध्ययन अध्यापन गराएको भए सार्थक नै हुन्थ्यो होला । तर, स्थानीय शिक्षकहरु भएकोले विहान हलो जोतेर विद्यालय जाने गरेको छ । विद्यालयमा पुगेर विद्यार्थीलाई पठ्नपाठ्न गराउंन छाडेर कुम्भकर्ण निन्द्राको माजा लिने गरेको छ । दलित विद्यार्थीहरु विद्यालय जान नचाहेको अर्को कारण विद्यालयका शिक्षकहरु पठ्नपाठ्न नगराए आफ्नै घरायसी विवाद, राजनीतिक वर्तालाप र एक आपसमा रकम खेलमै अल्झिने गरेको छ । यस्तो अवस्थामा विद्यार्थीहरु शिक्षाबाट टाढा बस्ने गरेको छ । यस्ता दद्रितालाई समाप्त पार्न कसले जिम्मा लिने त ? अवश्यक पनि यो कर्तव्य पुरा गर्ने कार्य जनप्रतिनिधिहरुको नै हो । स्थानीय सरकारको हो । के एक लाख चन्दा दिन सकिने वडा अध्यक्षले गरिब निसाहयको लागि काम गर्न सकिदैन र ? अवश्यक पनि यस्ता दयनीय अवस्थालाई चिर्न जनप्रतिनिधिहरु कसरतमा लाग्नुपर्छ । जसले सिरहामा पीडामा परेका गरिब दलित तथा निसहायलाई सहयोगको खाचो छ । न्यायको खाचो छ । अधिकार सम्पन्न जरुरी छ । अनि मात्रै जनताले चाहेको जनप्रतिनिधि सक्षम कहलाउंन सक्छन् । ( समाजसेवी सतिसा यादवको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१