Siraha Times
ताजा समाचार

सिरहाको गोलबजार नगरपालिका छिटै साक्षर नगरपालिका घोषणा गर्ने तयारीमा: प्रमुख प्रशासकीय अधिकृत पौडयाल

  • माघ ६, २०७८
  • ११३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ माघ - सिरहाको गोलबजार नगरपालिकाले साक्षर नगरपालिका छिटै घोषणा गर्ने निर्णय गरेका छन्। सिरहाको १७ वटा स्थानीय तह मध्ये गोलबजार नगरपालिकाले नमूना कामको सरुवात गरेको स्थानीयहरुको भनाई छ। उक्त नगरपालिकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम आवश्यक तयारी,सहजीकरण तथा कार्यक्रम सम्पादन गर्न पालिकाको प्रमुख तथा मेयर देबनाथ साहको समजत्वमा ९ सदस्य साक्षरता अभियान नगरपालिका समितिले गठन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले बताए। नेपाल सरकारको तथ्यांक अनुसार सिरहा जिल्लामा २०६७ सालमा १ लाख ८७ हजार २ सय ४३ जना निरक्षर जनसंख्या रहेकोमा १लाख ९३ हजार ४ सय ४८ जनाले साक्षरता कक्षा प्राप्त गरेको अवस्था रहेको एक तथ्यांकमा उल्लेख रहेको देखिन्छ।पालिकालाई साक्षरता घोषणा गर्नको लागी १५ देखि ६०बर्ष उमेरको ९५% भन्दा बढी साक्षर भएको अवस्थामा साक्षर नगरपालिका घोषणा गर्न सकिने नितिगत ब्यवस्था रहेको गोलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले जनाए।

उक्त पालिकाले ३ महिना भित्रै साक्षरता पालिका घोषणा गर्ने निर्णय गरेका छन्। यसका लागि १२ वटा साक्षरताका सुचकहरु उल्लेख रहेका छन्। - राष्ट्रिय भाषा वा मातृ भाषाका बर्ण वा अक्षरको पढाई वा लेखाई गर्न सकने - राष्ट्रिय भाषा वा मातृ भाषामा लेखिएको मुल्य सुची र बिलको पढाई गर्न सकिने। -लगायतका सुचकहरु रहेका छन्। नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हकका रूपमा स्थापित गरेका छन्। सबैका लागि शिक्षाको अवसर अभिवृद्धि गर्न सरकारले औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट विभिन्न उमेर समूहका महिला, पुरुष,विशेष आवश्यकता भएका तथा कठिन परिस्थितिमा रहेका प्रत्येक बालबालिका ब्यक्तीहरुका लागि कार्यक्रमहरू नेपाल सरकारले सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१