Siraha Times
ताजा समाचार

मधेस प्रदेशको खुस्यालीमा जसपा नेताहरुद्वारा लहानमा दीपावली मनाईयो

  • माघ ४, २०७८
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ माघ - प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुस्यालीमा जसपाका नेताहरुद्वारा सिरहाको लहान स्थित सहिद चौकमा दिप प्रज्वलन गरी खुस्याली मनाएका छन्।जनता समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष दिनेश महतोको अध्यक्षता रहेको थियो भने पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह प्रमुख अतिथि रहनु भएको थियो। प्रदेश कमिटी सदस्य ललिता दास बिशिस्ट अतिथि रहनु भएको थियो।अतिथिहरुमा जिल्ला उपाध्यक्ष तथा प्रभाव साली नेता राकेश रोशन गुप्ता,राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपालका प्रदेश २ का संयोजक राजेश गुप्ता,लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा,मुरारी साह,लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह,युवा नेता ललित नारायण महतो,चन्द्रशेखर यादव,नेता शिव नारायण महतो,प्रमोद महतो,लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रदेश २ सरकारले ल्याएको प्रदेशको नाम"मधेस तथा स्थायी राजधानी जनकपुरको प्रस्ताव उपर प्रदेश सभामा भएको मतदानमा दुई तिहाई भन्दा पनि बढी मत प्राप्त भइ पारित भएको छ।सम्पूर्ण मधेसीहरुको मान,सम्मान र पहिचान सहितको नाम मधेस प्रदेश पारित भएको उपलक्ष्यमा सिरहाको लहानमा जसपाका नेताहरुद्वारा दिपावली मनाएका छन्।मधेश प्रदेश जिन्दावाद,बिर सहिद अमर रहुन भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो। मधेस आन्दोलनको सुरुवात सिरहाको लहानबाट नै भएको थियो। उक्त आन्दोलनमा पहिचान सहितको अधिकार प्राप्त गर्न देशमा सयौं युवाहरुले सहादत प्राप्त गरेका छन्। दर्जनौं सहिदहरुको सपना सकार भएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र साहले बताए।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१