सनराईज बैंक स्वास्थ्य बीमा बापत राहत चेक हस्तान्तरण गरे

  • असोज ९, २०७५
  • ८९७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान ,९ असोज । सनराईज बैंक ,लहान शाखाले ग्राहकका लागि ल्याएको स्वास्थ्य बीमा सुबिधा योजना अन्तर्गत आज एक महिलालाई राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । लहान शाखाका ग्राहक सीतापुर प्र. ध.—३ हाल लहान न.पा.—८ बस्दै आएकी ३० बर्षिय रिताकुमारी यादवलाई ३ हजार ३ सय ९७ रुपैयाको चेक हस्तान्तरण गरेको छ । यादवको गत महिना बिराटनगर अस्पताल प्रा. लि., बिराटनगरमा पथरीको शल्यक्रिया गरिएको थियो । बैंकका कर्मचारी धिरज प्याकुरेलले हरेक बचतकर्तालाई डबल सुरक्षा प्रदान गर्ने उद्देश्यले बैंकले स्वास्थ्य र दुर्घटना बिमाको योजना ल्याएको साथै हाल बैंकले देश भरमा ९१ शाखा, २४ शाखा सहित बैंकिंग सेवा ४ एक्सटेन्सन काउण्टर र १०७ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएका छन् । बैंकले स्वास्थ्य बिमा अन्तर्गत ग्राहकलाई स्वास्थ्य उपचार गराउदा लाग्ने खर्चमा १ लाख नबढ्ने गरि बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाईने ब्यबस्था गरेको छ । यस अघि भाद्र २५ गते सो बैंकले दुर्घटनामा परेर मृत्यु भएका राजबिराज न. पा. ८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना बीमा बापत १ लाख ६९ हजार ३ सय ९५ तथा जेष्ठ १८ गते स्वास्थ्य बिमा सुबिधा अन्तरगत राजबिराज १ का राम अवतार यादवलाई उपचार खर्छ बापत ४४ हजार रुपैयाँ उपलब्ध गराएको बैंकका अर्का कर्मचारी बिदयानन्द चौधरीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१