मधेश प्रदेश पूर्वी मधेश र पश्चिम मधेश घोषणाको माग

  • माघ ४, २०७८
  • ७०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ३ माघ । प्रदेश २ को ८ जिल्लालाई मधेश प्रदेश घोषणा गरेपछि अन्य जिल्लाका मधेशीलाई कहाँ अटाउँने ? व्यापक प्रश्न उठ्न थालेको छ । अन्य १४ जिल्लाका मधेश मधेशीको पहिचानको लागि पूर्वी मधेश र पश्चिम मधेश घोषणा गर्न माग उठ्न थालेको छ । यता, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार भएको मतदानबाट स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो । मतदानमा ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए । प्रदेश सभामा रहेका कुल १०४ जना सांसद सङ्ख्याको दुई तिहाइ मत भएकाले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको यादवले बताए । जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको छ । राजधानी जनकपुरधामको विपक्षमा २१ मत खसेको थियो । राजधानी र नाम पारित कायम भएपछि मधेस प्रदेश सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेको थियो । प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१