प्रदेश २ को नाम मधेस, राजधानी जनकपुरधाम

  • माघ ३, २०७८
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर — प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २लाई मधेस प्रदेश नामकरण गरिएको हो । प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वत: निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे । यो समाचार कान्तिपुरबाट लिएको हो  ।

प्रतिक्रिया दिनुहोस

खड्क नगरपालिका–१ स्थ ...

रासिन्द्र यादव कात्तिक १७ ।  खड्क नगरपालिका–१, सप्तरी स्थित जनता माध्यमिक विद्यालय सिस्वा ...

कपिलवस्तुमा दंगा निय ...

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर ...

रञ्जिता श्रेष्ठको शु ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१