Siraha Times
ताजा समाचार

लन्डनस्तरको खानेपानी योजना लहानमा

  • असोज ९, २०७५
  • ७९६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान ९ असोज । थौरे कर्मचारी नगरक्षेत्रमा विशुद्ध पानी जनतामा दिन सकिने मेशनरीका साथ लहानमा खानेपानीको योजना लागु हुने भएको छ । नेपालमै पहिलो पटक यस्तो मेशनरीको खानेपानी योजना ल्याउंन लागेको लहान नगरपालिकाका मेयर मुनी साहले बताए । यो मेशनरीको खानेपानी योजना लन्डन शहरका संचालनमा रहेको छ । लन्डन जस्तो विशाल शहरमा यो मेशनरीको खानेपानी तीन जना कर्मचारीले मात्रै संचालन गदै आएको छ । यस कार्यक्रमको योजना लहान नगरपालिका खुला दिशामुक्त भएदेखि सम्भव भएको योजनाका नेपाल स्थित कार्यक्रम हेर्दै आएका शम्भु साहले बताए । सिरहाको लहान नगर पालिकामा वर्षौदेखि झेलिरहेको मानव स्वास्थमा क्षति पुर्याइरहेको खानेपानीको यो विकल्प तयारी लागि सम्झौता भएको छ । मेयर मुनी साह निर्वाचित भए देखि नै यस योजनाको लागि निरन्तर प्रयासमा लागेका थिए । खानेपानीको गुणस्तर र वितरणको समस्या सरसफाई, ढल निकास, चर्पिबाट निस्किने लेदो फोहर ब्यवस्थापन समस्यालाई विस्तृत अध्यन गरि डिजाईन,ईस्टीमेट गरि,कार्यक्रम ,योजना बनाई सामाधान गर्नका लागि खानेपानी,सरसफाई मन्त्रालय,बेलायतका १६ वटा राष्ट्रिय प्रतिस्ठित दातृ सँस्थाका प्रतिनिधीहरु, वाटरएडका प्रतिनिधि,र लहान नगर पालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता भए बमोजिम नगर भित्रका विस्तृत खानेपानी सरसफाई योजना तयार गर्ने र पहिलो चरणमा पुरानो १० वटा वडामा जनतालाई शुद्ध खानेपानी घर सम्म उपलब्ध गराउन खानेपानी बोर्डिङ्ग, ट्याकी, सप्लाई पाईप, धाराको साथै गुणस्तरीय पानी उपलब्ध गराउने, अर्को ढल निकास र फोहरको ब्यवस्थापनका लागि योजना बनाएर काम अघि बढाउंने योजनाको लक्ष्य रहेको छ । यी सबैका लागि मुख्य आर्थिक सहयोगी सँस्थाहरु बेलायत र खानेपानी सरसफाई मन्त्रालय र लहान नगर पालिका वाटरएडको समन्वय र सहकार्यमा योजना सम्पन्न गरिने भएको छ । सोही अनुरुप सम्झौता गरि सहयोग गरेको जानकारी प्राप्त भएको छ । नगरवासी र लहान नगर पालिका कार्यालयको तर्फबाट नेपाल सरकार,दातृ सँस्थाहरु बेलायत, वाटरएड सँस्था ,प्रतिनिधीहरु सबै सहयोगी मित्रहरुमा लहान नगरपालिकाले धन्यवाद दिदै जानकारी गराउंनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१