Siraha Times
ताजा समाचार

राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै प्रदर्शनसहित महारयाली निकाले

  • पुस ३०, २०७८
  • १२५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो । राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो । किसानहरुको समस्या समाधान गर्न लगायत १२ बुँदे मागसहित आन्दोलनरत जनमत पार्टीले शुक्रबार राजविराजमा बृहत प्रदर्शनसहित महारयाली निकालेको छ । राजविराजस्थित राजरंगशालमा गाउँ गाउँबाट हलो, कोदालो, मलको खाली बोरा, कृषि सम्बन्धी घरेलु सामाग्रिसहित हजारौंको संख्यामा आएका पार्टीका कार्यकर्ता तथा किसानहरुको सहभागितामा महारयालीको आयोजना गरिएको हो । रयालीका सहभागिहरुले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगेर आयोजित सभालाई जनमत पार्टीका केन्द्रिय उपमहासचिव इन्द्रजित यादव, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह लगायतले सम्बोधन गर्दै किसानहरुको माग पुरा नगरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Open photo

उक्त कोणसभामा पार्टीका नेता, कार्यकर्ताहरुले सम्बोधन गर्दै, किसानहरुको माग प्रति सरकार गम्भीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन गर, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर, फसलको उचित मुल्य निर्धारण गरलगायतका नाराहरुसहित प्रदर्शन गरिएको थियो । साथै उनीहरुले आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाएर कारवाही चलाएको भन्दै त्यस्तो मुद्दा अविलम्ब फिर्ता लिन माग समेत गरेका छन् । किसानलाई परिचयपत्र बनाई पेन्सनको व्यवस्था, कालिनाली विमाको सुनिश्चितता, समयमै मलखाद, विउविजनको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरिय समितिको गठन, प्रहरीले पक्राउ गरेका आन्दोलनकारीहरुको रिहाई लगायतका माग उनीहरुले अघि सारेका छन् । रयाली अघि पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई किसानहरुसँग सम्बन्धीत माग पुरा गराउन ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१