ताजा समाचार

लोसपा नेपाल बोदे बसाईन वडा कमिटी गठन , अध्यक्षमा सत्यनारायण मैर्ता

  • पुस ३०, २०७८
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह ३० पुस , बोदे बर्साईन । बोदे बर्साईन नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको संगठन विस्तार तिव्र रूपमा भई रहेको छ । लोसपा नेतृ बोदे बर्साईन नगरपालिका नगर उप प्रमुख रंजु कुमारी साहको नेतृत्वमा संगठन विस्तार भई रहेको छ । सो नगरपालिकामा रहेका १० वटा वडा मध्ये १,२,४,६,,८, १० गरि ६ वटामा वडा कमिटी गठन भई सकेको छ । तत्कालीन संघिय समाजवादी पार्टी बाट निर्वाचित नगर उप प्रमुख नेतृ रंजु कुमारी साह र राजपा बाट नगर प्रमुख उम्मेदवार बनेका अमरेन्द्र यादव ''जसपा विभाज भएर गठन भएको लोसपा तर्फ लागेपछि संगठन विस्तारमा तिव्रता दिईएको हो ।

आज लोसपा नेपालको वडा नम्बर - २ मा चिन्तु साहको अध्यक्षतामा भएको वडा कमिटी विस्तार कार्यक्रम सत्रुघ्न माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। सो बैठकले ३७ सदस्य वडा कमिटी गठन गरेको नवगठित समितिका अध्यक्ष सत्यनारायण मैर्तालाई चयन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर उप-प्रमुख नेतृ रन्जु कुमारी साह, विशिष्ट अतिथि राम कृष्ण सिहमैत यादव , अतिथिहरु - अमरेन्द्र प्रसाद यादव , जिल्ला समन्वय समिति सदस्य मो. दाउद हुसेन , अनुप लाल साह , राज कुमार यादव , अरुण यादव , बतहु यादव लगायत पार्टी आबद्ध नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लोसपा नेता झवर साहले गरेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤