क्षेत्र सभापति चौधरीको प्रमुख आतिथ्यमा फाईनल खेलको समापन , सम्सेसरपुर ५ गोलले बिजय

  • पुस ३०, २०७८
  • ८८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ३०, पुस । सिरहाको लहान नगरपालिका वडा नम्बर - ११ मा दोस्रो पिडरबनी कप - २०७८ फुटबल खेलकुद प्रतियोगिताको आज समापन भएको छ । शुक्रबार भएको अन्तिम दिनको खेलमा माँ मुसहर्निया क्लव सम्सेरपुर , सप्तरीले ५ गोलको बिरुद्ध १ गोलको फरक अन्तरले राजाजी नवयुवा फुटबल टिम मोहनपुर , सप्तरीलाई पराजित गरेको हो । पिडरबनी फुटबल क्लव लहान - ११ को आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेलको उदघाटन नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा आमन्त्रित चौधरीले खेल संचालन गर्न नगद रु ५१ हजार आर्थिक सहयोग गरेको आयोजक क्लबका अध्यक्ष उकेश कुमार चौधरीले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार ( सिल्ड , मेडल , प्रमाणपत्र) खरिद गर्न नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी बद्री नारायण चौधरी र अजय कुमार चौधरीले नगद रु २५ हजार आर्थिक सहयोग गरेको थियो ।

Open photo

स्थानीय युवा ,समाजका बिशिस्ट ब्यक्ति लगायत ब्यवसायिहरुले पनि खेल संचालन गर्न आर्थिक सहयोग गरेको नेपाली काङ्ग्रेस वडा नम्बर - ११ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा समाजसेवी सुर्यनारायण चौधरीले जनाएको छ । २०७८ पुस २४ गते देखि आधारभुत विधालय पिडरबनी को ( भिसा फिल्ड ) मैदानमा संचालन भएको खेलमा सिरहा र सप्तरी जिल्लाका ८ वटा टिमको खेलाडीहरुले सहभागीता जनाएका थिए । नेपाली काङ्ग्रेसबाट सिरहा क्षेत्र नम्बर - १ को क्षेत्र सभापति महेश प्रसाद चौधरीलाई कार्यक्रममा भब्य रुपमा स्वागत तथा सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा महत्वपुर्ण योगदान दिएकोले चौधरीलाई बैण्डबाजा , फुल , माला, अबिर लगाई स्थानीय ग्रामवासीले स्वागत तथा सम्मान गरेको थियो । फाईनल खेलको प्रथम पुरस्कारको रुपमा नगद रु २५ हजार प्रमाण-पत्र , सिल्ड तथा मेडल रहेको थियो भने दोस्रो पुरस्कारको रुपमा नगद रु १५ हजार, सिल्ड, प्रमाण - पत्र , मेडलको व्यवस्था गरेको आयोजकले जनाए । खेलमा उत्कृष्ट प्रतिभा देखाउने गोलकिपर , खेलाडी र पहिलो गोलगर्ने खेलाडीलाई आयोजक क्लबले सम्मान गरेका थिए ।

Open photo

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१