Siraha Times
ताजा समाचार

कोभिड १९ को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन

  • पुस २९, २०७८
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, पुस २९ । मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा रहन सरोकारबालाहरुलाई निर्देशन दिनु भएको छ । कोभिड १९को ओमिक्रोन भेरियन्ट संग लडन प्रदेश स्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा अगामी दिनमा गर्नु पर्ने तैयारी बारे छलफल गर्न मुख्यमन्त्री निवासमा मधेश भवनमा आज सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्नु हूँदै मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको हो । छिमेकी मुलुक भारत लगायतको देशमा बढदैको गएको ओमिक्रोन भेरिएन्ट बाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्ट संग लडन तैयारी अवस्था रहनु बाहेकको विकल्प आफुहरु संग नरहेको बताउनु भयो । बैठकका सहभागीहरुले प्र्रदेश भरि रहेको सरकारी अस्पतालको अवस्था, कोभिड १९ संग लडन आवश्यक उपकरण, किट लगायतको सामग्रीहरुको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नु पर्ने सामग्रीहरु बारे ब्रिफिङ्ग गरेका थिए ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरुका साथै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य संग सम्बन्धित निकायहरुका प्रमुखहरु, विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१