Siraha Times
ताजा समाचार

दलितले जग्गा हडप्न नदिएपछि गैरदलितद्वारा ज्यान मार्ने प्रयास

  • पुस २८, २०७८
  • १२२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेसमा दलित समुदायलाई धाक धम्की डर त्रासदेखाई विभिन्न दलित समुदायलाई उत्पिडनमा पार्ने गर्दछ । दलित समुदाय ले आफ्नाे धन सम्पति काे सुरक्षाका लागि सरकारलाई गुहार्नु पर्ने अबस्था मधेस मा रहेकाे जगजाहेर रहेकाे छ । सिरहा जिल्ला काे औरहि गाउपालिका वडा नम्बर ५ मा गनाैरा महराकाे जमिन आफ्नै  नाउँ मा भएको जमिनमा जाेतभाेग गर्न दिदैनन् । गनाैरा महराले १० वर्ष अघिनै पैसा जाेहाे गरेर ३ कठा १० धुर जमिन लिनुभएकाे थियाे । गनमैरा महराकाे जमिन वरिपरि यादव समुदायको जमिन रहेकाे छ । गनाैरा महराले जमिन लिए देखि नै यादब समुदायले दु:ख दिन थाले । औरहि गा.पाकाृ वडा नम्बर ५ का रविन्द्र यादव ले गनाैरा महरा लाई समय समय गालिगलाैज गर्दै धाक धम्की दिदै गर्छन् । गनाैरा महरा काे जमिनमा जगगा खिचाैला मुद्वा जिल्ला अदालत सिरहामा रविन्द्र यादबले दिएकाे थियाे । जग्गा खिचाैला मुद्दा गनाैरा महरा आफुजितेकाे बताउनुभयो ।जग्गा गनाैरा महराकाे आमा सनेचरि देवि महराकाे नाममारहेकाे छ । सनेचरि देवि महराकाे दुईवटा छाेराहरू छन । जेठाे गनाैरा महरा हाे सानाे विदेश कामाउनका लागि गएकाे सनेचरि देविले बताईन । मेराे छाेराहरूलाई जग्गा जाेतभेाग रविन्द्र यादबले गर्न दिएकाे छैनन् ।खिचाैला मुद्दा जितेपनि जमिन मा जाेतभाेग गर्न दिएकाे छैन । गनाैरा महराले सिरहामा आफु मुद्दा जितेपछि रविन्द्र यादवले उच्च अदालत राजविराजमा मुद्दा फेरि दिएकाे जानकारी दिनु भएको । आफुले पनि प्रतिउत्तर लगाएकाे समेत बताउनुभयो । पाैष २२ गतेका दिन रविन्द्र यादबले म आफ्नाे जमिनबाट घर फर्कने क्रममा माेटरसाईकल किचेर मार्न खाेजेकाे बताउनुभयो । रविन्द्र यादबले आफुलाई पटकपटक ज्यान मार्ने प्रयास गरिरहेकाे गनाैरा महराकाे श्रि मति रामरति महराले बताउनु भयाे । गनाैरा महरा जिल्ला अस्पताल सिरहामा उपचार गर्दैछ । रामरति महराकि अनुसार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपनि प्रशासनले कुनै चासाे नदिएको गुनासाे गरिन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१