सिरहामा सम्पन्न प्याब्सन प्रदेश नम्बर - २ को अधिवेशनमा रेग्मी अध्यक्ष पदमा निर्वाचित

  • पुस २७, २०७८
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २७, पुस । निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन मंगलवार सम्पन्न भएको छ । सिरहा जिल्लामा सम्पन्न अधिवेशनमा प्रदेश नम्बर – २ को अध्यक्ष पदमा (रौतहट) जिल्लाका दिपक कुमार रेग्मी निर्वाचित भएको हो । अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएको थियो , ‘भने बाँकी अन्य पदहरु सर्वसम्मत रुपमा सहमतीमै चयन गरिएको थियो । प्याब्सन प्रदेश नम्बर - २ मा ३ सय ५१ मतदाता संख्या रहेकोमा २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिब पदका लागी खसेको कुल २ सय २७ मतमा अध्यक्ष पदमा ४ मत बदर भएको थियो, ‘भने – सचिव पदमा ७ मत बदर भएको थियो ।, अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्ण २७ मतको फरक अन्तरले पराजित भएको जनाईएको छ । त्यसैगरी सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले (धनुषा) का गणेश कुमार साह पराजित गरी विजय भएको थियो ।

अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा श्याम कुमार केसी (पर्सा ) , उपाध्यक्ष : जगदिश प्रसाद सिंह (धनुषा) , महिला उपाध्यक्ष : रिभा ठाकुर (सप्तरी) , कोषाध्यक्ष : मीरा थापा ( सिरहा) , सह– कोषाध्यक्ष : मनोज कुमार यादव ( सिरहा ), सह–सचिवमा हरी बहादुर थापा (सर्लाही) सदस्यहरुमा क्रमश : सिंहेश्वर पासवान ( सिरहा) , दिलबहादुर फुयाँल ( सर्लाही ) , राम सोगारत साह ( महोत्तरी ) , डा. हरिशंकर प्रसाद साह (पर्सा ), इमामुद्धिन अहमद ( पर्सा ) निर्बिरोध रुपमा चयन भएको प्याब्सन सिरहाका बरिष्ठ उपाध्यक्ष उमेश कुमार यादवले बताएका छन् । सोमवार भएको अधिवेशनको खुल्ला शत्रको कार्यक्रमलाई संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले प्रमुख अतिथिको रुपमा उदघाटन गरेको थियो । निःबर्तमान प्याब्सन प्रदेश– २ अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रममा केन्द्र , प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । तिन बर्ष कार्यकालका लागि नव– निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१