सिरहामा सम्पन्न प्याब्सन प्रदेश नम्बर - २ को अधिवेशनमा रेग्मी अध्यक्ष पदमा निर्वाचित

  • पुस २७, २०७८
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २७, पुस । निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन मंगलवार सम्पन्न भएको छ । सिरहा जिल्लामा सम्पन्न अधिवेशनमा प्रदेश नम्बर – २ को अध्यक्ष पदमा (रौतहट) जिल्लाका दिपक कुमार रेग्मी निर्वाचित भएको हो । अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएको थियो , ‘भने बाँकी अन्य पदहरु सर्वसम्मत रुपमा सहमतीमै चयन गरिएको थियो । प्याब्सन प्रदेश नम्बर - २ मा ३ सय ५१ मतदाता संख्या रहेकोमा २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिब पदका लागी खसेको कुल २ सय २७ मतमा अध्यक्ष पदमा ४ मत बदर भएको थियो, ‘भने – सचिव पदमा ७ मत बदर भएको थियो ।, अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्ण २७ मतको फरक अन्तरले पराजित भएको जनाईएको छ । त्यसैगरी सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले (धनुषा) का गणेश कुमार साह पराजित गरी विजय भएको थियो ।

अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा श्याम कुमार केसी (पर्सा ) , उपाध्यक्ष : जगदिश प्रसाद सिंह (धनुषा) , महिला उपाध्यक्ष : रिभा ठाकुर (सप्तरी) , कोषाध्यक्ष : मीरा थापा ( सिरहा) , सह– कोषाध्यक्ष : मनोज कुमार यादव ( सिरहा ), सह–सचिवमा हरी बहादुर थापा (सर्लाही) सदस्यहरुमा क्रमश : सिंहेश्वर पासवान ( सिरहा) , दिलबहादुर फुयाँल ( सर्लाही ) , राम सोगारत साह ( महोत्तरी ) , डा. हरिशंकर प्रसाद साह (पर्सा ), इमामुद्धिन अहमद ( पर्सा ) निर्बिरोध रुपमा चयन भएको प्याब्सन सिरहाका बरिष्ठ उपाध्यक्ष उमेश कुमार यादवले बताएका छन् । सोमवार भएको अधिवेशनको खुल्ला शत्रको कार्यक्रमलाई संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले प्रमुख अतिथिको रुपमा उदघाटन गरेको थियो । निःबर्तमान प्याब्सन प्रदेश– २ अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रममा केन्द्र , प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । तिन बर्ष कार्यकालका लागि नव– निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१