सिरहा काङ्ग्रेसको सभापतिमा यादवको उम्मेदवारी घोषणा

  • पुस २७, २०७८
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ पुष नेपाली कांग्रेस सिरहाको जिल्ला सभापतिमा रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।सिरहाको जिरोमाइलस्थित निवासमा राम चन्द्र यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।यादव अहिले पनि सिरहा कांग्रेसको जिल्ला सभापति हुन्। नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव,केन्द्रीय सदस्य रमेश रिजाल र सप्तरीका सभापति दिनेश यादव लगायतका नेताहरुले निवासमै एक कार्यक्रमको आयोजना गर्दै राम चन्द्र लाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। त्यसपछि रामचन्द्रले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।यादव पूर्वसांसद तथा संविधान सभा सदस्य समेत रहेका थिए।रामचन्द्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् । पहिलो पटक ३ सय मतान्तरले विजयी भएका थिए,उनले भने,‘यसपटक करिब ५ सय मतले विजयी हुन्छु दाबी गरेका छन्। रामचन्द्र पार्टी सभापतिमा पुनः दोहोरिने भएपछी कार्यकर्ताहरूमा उत्साह जागेको छ,यादवलाई कार्यकर्ताहरुले लोकप्रिय नेताको रूपमा मान्दै आएका आयोजकले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१