Siraha Times
ताजा समाचार

सिरहा काङ्ग्रेसको सभापतिमा यादवको उम्मेदवारी घोषणा

  • पुस २७, २०७८
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ पुष नेपाली कांग्रेस सिरहाको जिल्ला सभापतिमा रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।सिरहाको जिरोमाइलस्थित निवासमा राम चन्द्र यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।यादव अहिले पनि सिरहा कांग्रेसको जिल्ला सभापति हुन्। नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव,केन्द्रीय सदस्य रमेश रिजाल र सप्तरीका सभापति दिनेश यादव लगायतका नेताहरुले निवासमै एक कार्यक्रमको आयोजना गर्दै राम चन्द्र लाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। त्यसपछि रामचन्द्रले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।यादव पूर्वसांसद तथा संविधान सभा सदस्य समेत रहेका थिए।रामचन्द्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् । पहिलो पटक ३ सय मतान्तरले विजयी भएका थिए,उनले भने,‘यसपटक करिब ५ सय मतले विजयी हुन्छु दाबी गरेका छन्। रामचन्द्र पार्टी सभापतिमा पुनः दोहोरिने भएपछी कार्यकर्ताहरूमा उत्साह जागेको छ,यादवलाई कार्यकर्ताहरुले लोकप्रिय नेताको रूपमा मान्दै आएका आयोजकले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१