स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण

  • पुस २७, २०७८
  • १३४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ पुष- स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण गर्ने कार्य निरन्तर जारी रहेको छ।समाजसेवा गर्दा गर्दै श्रीमती र नजिककै भाई दिपेन्द्र गुमाएको कुरा समाजमा जगजाहेर छ। चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन उनले मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन्। कम्बल वितरण कै क्रममा लहान नगरपालिका वडा-१६ को बिकट बस्ती भसुवामा जेषठ नागरिक,अपांग,एकल महिला तथा असहायहरुलाई कम्बल वितरण गरेका छन्। ४० जना वृद्धहरुले कम्बल पाउदै वितरण गर्ने संस्था स्वर्गीय संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीलाई धन्यवाद दिएका थिए। समाजसेवी महेश चौधरी जस्तो मनकारीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयहरुले बताएका थिए।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

तेस्रो गाउँपालिका अध ...

ओम प्रकाश यादव लहान कात्तिक १७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाले आयोजना गरिएको ‘तेस्रो गा ...

खड्क नगरपालिका–१ स्थ ...

रासिन्द्र यादव कात्तिक १७ ।  खड्क नगरपालिका–१, सप्तरी स्थित जनता माध्यमिक विद्यालय सिस्वा ...

कपिलवस्तुमा दंगा निय ...

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१