Siraha Times
ताजा समाचार

जसपा नेता महतोले मकर संक्रान्तिको सुभ कामना दिदै भने सबैको अ-आफनो धर्म रितीरिवाज प्यारो छ

  • पुस २४, २०७८
  • १३३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ पुष- जनता समाजवादी पार्टी नेपालका युवा नेता ललित नारायण महतोले एक कार्यक्रमको आयोजना गरी आउदै गरेको माघे संकान्ती पर्वको सम्पुर्ण देश बासि र नेपाली दाजु,भाई दिदी बहिनी आमा बुबाको सुस्वास्थको दृघायुको सुभकामना दिएका छन्। मकर संक्रान्ति पर्वको मिथिला क्षेत्र अर्थात तराई मधेसका सम्पुर्ण जिल्लाहरुमा खासगरी मनाउने गरेका छन्। जसपा नेता ललित नारायण महतोले सानै उमेर देखि राजनीतिमा रुचि राख्दै आएका छन्।उनले विभिन्न पार्टीको राजनीति अनुभव बटुल्दै हाल उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा आबद्ध रहेका छन्। नेता महतोका अनुसारका देशमा अझै परिवर्तनको खाचो रहेको भन्दै राजनीति पार्टीहरुमा सुधिकारण गर्न जरुरी रहेको बताए।देशमा बिचारको राजनीति गर्ने ब्यक्ती निकै कम रहेको बताए। जाति बाद,धर्मबाद, नाताबादका राजनीति गर्ने ब्यक्तीहरु निकै फस्टाएको उनले दुखेसो सुनाईन। देशमा बिचारको राजनीति गर्यो भने छिटै नेपालमा आमूल परिवर्तन आउने नेता महतोले अपेक्षा गरेका छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ।सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ।उत्तरायण सुरु भएपछि शुभ काम,यज्ञ गर्न शुभ मानिएको छ। माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन्।उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप,ध्यान साधना,दान आदिलाई पुण्य दायक मानिन्छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता समेत छ।महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायण पछि नै शरीर त्यागेको पौराणिक मान्यता छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१