ताजा समाचार

एकै दिन लहानका विभिन्न वडामा जाडाे छल्न अतिबिपन्न समुदायलाई समाजसेवी चौधरीद्वारा कम्बल वितरण

  • पुस २२, २०७८
  • १२६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ पुष - स्वर्गीय संगिता स्मृति प्रतिष्ठानले गर्दै आएका मासिक कार्यक्रम अन्तर्गत बिहीवार लहान नगरपालिका भित्रका २ दुई सय जना अतिबिपन्न परिवारलाई जाडाे छ्ल्न कम्बल वितरण गरेका छन्। कोरोना काल देखि नै समाजसेवी महेश चौधरीले समाजसेवा गर्न होमिएका छन। समाजसेवा गर्दा गर्दै श्रीमती र नजिककै भाई दिपेन्द्र गुमाएको कुरा समाजमा जगजाहेर छ।चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झना प्रत्येक महिनाको २२ गतेका दिन उनले श्रीमतीको सम्झनामा मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन्। समय प्रतिकुल अनुसार समाजलाई निघाल्दै समाजमा समस्याको समाधान गर्न जस्तोसुकै परिस्थितिमा उनले गरीब दलित,एकल महिला,असाहाय,अनाथ बालबालिका लगायत निमुखा जनताको लागी अवाज मात्रै हैन,आपत बिपत्का आर्थिक सहारा पनि बन्दै आएका छन्।

Open photo

हाल समाजसेवी नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिको जिम्मेवारी समेत निर्वाह गर्दै आएका छन्। केहि महिना अगाडि भएको नेपाली काङ्ग्रेसका १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। स्वर्गीय संगिता स्मृति प्रतिष्ठानको मासिक कार्यक्रम अन्तर बिहिवार लहान नगरपालिकामा जाडोबाट प्रभावित अति विपन्न २ दुई सय घुरधुरी परिवारलाई कम्बल वितरण गरेका सहयोग महेश्वरी चौधरीले जानकारी दिनु भयो। समाजसेवी चौधरीले लहान नगरपालिका वडा नम्बर नं. १२ ,१५ ,२२ र २४ नम्बरका मानिकदह झुटकी,ढोडना, बेलिजटीयाही र शिशवनी लगायत एकै साथ दुई सय जना जाडाे प्रभावित परिवारलाई कम्बल वितरण गरेको समाजसेवी चौधरीले बताउनु भयो। ब्यक्तीगत आर्थिक लगानीमा उनले स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा वाडदै आएका छन्। समाजसेवी चौधरी प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएको हो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤