Siraha Times
ताजा समाचार

क्यानको ९औ वार्षिक साधारण सभा सम्पन्न

  • असोज ६, २०७५
  • ८८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ असोज ६ । सिरहाको लहानमा कम्प्यूटर एसोसिएसन नेपाल महासंघ सिरहाको ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सिरहाको लहानमा अवस्थित सिम्रिक होटलको सभा हलमा क्यान जिल्ला अध्यक्ष धनन्जय महतोको अध्यक्षता तथा क्यानका केन्द्रिय अध्यक्ष दिपेन्द्र राज सिंहको प्रमुख आतिथ्यमा सम्पन्न ९औ वार्षिक साधारण सभामा उपाध्यक्ष नरेन्द्र कुमार सिंह ,सचिव संजय कुमार ठाकुर ,सह-सचिव सिनोद यादव लगायत सदस्यहरु सन्तोष साह , घुरन महतो ,रामानन्द शर्मा ,सचिन्द्र भटराई ,शंकर श्रेष्ठ , किरण कुमारी झा , कसरी राज पाण्डे ,उमेश कुमार सिंह , नन्द किशोर गुप्ता ,सरोज झा,रविन्द्र कुमार महत , सुरेन्द्र कुमार महतो ,कृष्ण चन्द्र यादव , जिवछ कुमार महतो , मनोज कुमार शर्मा लगायत कम्प्यूटर सम्बन्धि कार्य गर्नु हुने सिरहा जिल्लाका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो।

साधारण सभामा बोल्दै अध्यक्ष धनन्जय महतोले सस्थाले आफ्नो कार्यकालमा गरेका काम र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।साधारण सभाले अध्यक्ष महतोले प्रस्तुत गर्नुभएको प्रतिबेदन सर्बसम्मत पारित गरेको छ । त्यसैगरी कोषाध्यक्षको अनुपस्थितिमा सचिव संजय कुमार ठाकुरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पनि सभाले सर्बसम्मत पारित गरेको छ । कार्यक्रम मा बिबिन्न संघ सस्थाका प्रतिनिधि पत्रकारको उपस्थिथि रहेको थियो भने बक्ताहरुले बोल्दै बिज्ञान तथा प्रबिधि क्षेत्रमा लागेका व्यक्तिको लागि अति आवस्यक संस्था क्यान भएकोले ढिलो चाडो यो संस्था सबैलाइ आवस्यक पर्ने हुदा यस छेत्रमा लागेका साथिहरुले जति सके छिटो यो सस्थामा आफ्नो स्थान सुरक्षित राख्न न सके भबिस्यमा पछुताउनु सिबाय केहि न रहने धर्ना राख्नु भएको थियो । ९ औ वार्षिक साधारण सभामा आगामी कार्ययोजनाहरु पनि सर्व सहमतले पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१