ताजा समाचार

सिरहाको नवराजपुरमा एकीकृत समाजवादीको प्रथम गापा स्तरीय भेला सम्पन्न

  • पुस १७, २०७८
  • ७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ पुष - सिरहाको नवराजपुर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ्।पार्टीका जिल्ला कमिटी सदस्य शिबनाथ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो,भने प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व समान्य प्रसासण मन्त्री तथा पार्टीका प्रदेश अध्यक्ष राम चन्द्र यादव रहनु भएको थियो। बिशिस्ट अतिथिमा प्रदेश सांसद अशोक कुमार यादव रहनु भएको थियो।अतिथिहरुमा पुर्व गाबिस अध्यक्ष बसन यादव ब्रहम देब महतो,शिबनाथ यादव, शिवराम महरा लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो। प्रमुख अतिथि राम चन्द्र यादवका अनुसार अरु पार्टीहरु मध्ये हाम्रो पार्टी कयौं गुणा अगाडि रहेको बताए। पंन्चायत कालमा हाम्रो पार्टी जन पक्षको रूपमा लाग्ने बताए।जनताको हितमा काम गर्नु हुन्छ भने नवराजपुर गाउँपालिका परिवर्तनको खाचो रहेको बताए। सिगै मुलुक बिकासको लागी हाम्रो पार्टी काम गरि रहेको छ्।जनताको इच्छा र अकान्छाको काम गर्न र जनताको भवनमाको हितको लागि र लोकतन्त्र,गणतन्त्रको कदर गर्दै जनताको हितको सफलताको कामना गरेका थिए। बिशिस्ट अतिथि अशोक यादवका अनुसार इमानदारहरु हातमा यो पार्टी जाओस् भने उनले बताए।पार्टी नेपाली जनताको भावना बुझ्ने पार्टी हुने भन्दै आउने चुनावमा बिजय गराउन आग्रह गर्दै सबैको साथमा रहने बताउनु भयो। उक्त भेला बाट नयाँ कार्य समिति गठन गरेका छन्। नवगठीत पदाअधिकारीहरुमा गापा अध्यक्षमा दिपेन्द्र यादव, उपाध्यक्षमा ब्रहमदेब महतो,उपाध्यक्ष गंगा यादव,सचिब राज कुमार यादव,सह सचिब अशोक यादव,लगायत २७ सदस्य कार्यसमिति गठन गरेका अयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤