ताजा समाचार

जेसिज शिवराजमा नया नेतृत्व,अध्यक्षमा गिरी चयन

  • पुस १६, २०७८
  • १३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शिवराज जेसिजले नया नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नया समिति चयन गरेको हो । जसको कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल,गणेश जिसी,कानूनि सल्लाहाकारमा कविराज अधिकारी,महासचिवमा वाइपि पौडेल,कोषाध्यक्षमा विष्णु हमाल,उपाध्यक्षमा तिलक कार्की,मनिष बन्जाडे,रुपेन्द्र आचार्य,युवराज पौडेललाई चयन गरिएको छ । अधिवेशनमा वोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको वारेमा प्रकाश पार्नुभएको थियो । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो । शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताउनुभयो । त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हेरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हेरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । नया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤