Siraha Times
ताजा समाचार

सिरहामा स्वाधीन किसान अधिकार मंचद्वारा सांकेतिक धारणाका कार्यक्रमहरु जारी

  • पुस १६, २०७८
  • ११६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ पुष- सिरहामा किसानहरुको हक हितका लागी स्वाधीन किसान अधिकार मंच विभिन्न कार्यक्रमको आयोजना गरी किसानहरुको समस्या सुल्झाउन दर्जनौं सांकेतिक कार्यक्रमहरुको गर्न लागेका छन्। किसानहरुलाई राज्य द्वारा अपहेलित गरेका छन्। किसानहरुको हकहित र अधिकार बिरोधि रबैयालाई उन्मुलन गरी समयमै किसानका सम्पुर्ण समस्या सहज रूपमा सामाधान गर्न स्वाधीन किसान अधिकार मंचका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा सिरहा जिल्लामा दर्जनौं सांकेतिक धारणा कार्यक्रमहरुको आयोजना गरेका छन्। समयमै किसानहरु मलखाद र पानी लगायत सम्पुर्ण समस्याहरु सहजताको लागी सिरहाको सरोकारबालाहरुलाई द्य्यान केन्द्रित गर्न जिल्ला कृषि ज्ञान् केन्द्र सिरहा,जिल्ला सहकारी संघ सिरहा,जिल्ला कृषि कार्यालय सिरहामा ग्यापन पत्र बुझाएका छन्।

स्वाधीन किसान अधिकार मंचका नेतृत्व पंक्तिहरुले किसानको लागी मल खाद,बिउ किटनाशक औषधी, बिजुली र पेट्रोलियम पदार्थको सर्ब सुलभ ब्यवस्था गरीनु पर्ने, मल खाद्यमा हुँदै आएको कालो बजारी र अनियमिततालाई पुर्ण रूपमा निषेध हुनुपर्ने।किसान परिचय पत्र अनिवार्य रूपमा लागु हुनुपर्ने।कृषिका लागी सिंचाईको समुचित ब्यवस्था हुनुपर्ने।बैज्ञानिक खोज र अनुसन्धान कृषिमा थालिनु पर्ने लगायतका दर्जनौं माग राख्दै सिरहामा सांकेतिक धारणा आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन। पुष १४ गते देखि सुरु गरेको आन्दोलन पुष २१ गते सम्म निरन्तर गर्दै आएका छन्।स्वाधीन किसान अधिकार मंचका संयोजक प्रमोद यादव,सदस्यहरुमा बिपिन कुमार यादव, देब कान्त सिंह,अशेश्वर कामती,जितेन्द्र कुमार सिंह,रिंकी कुमारी सिंह,शत्रुधन कुमार सिंह,लगायत ३५ जनाको एक समुहले सिरहामा किसानहरुको हक अधिकारको लागी जोडदार अवाज उठाएका छन्। स्वाधीन किसान अधिकार मंच सिरहाले पुष २५ गते सिरहाको लहानमा बृहत कार्यक्रमको आयोजना गर्ने संयोजक प्रमोद यादवले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१