Siraha Times
ताजा समाचार

नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी अध्यक्षमा आनन्द चौधरी निर्विरोध चयन

  • पुस १४, २०७८
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३, पुस। सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर - २२ मा आज नेकपा ( एकीकृत समाजवादी) पार्टीको वडा भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य सत्य नारायण यादवको प्रमुख आतिथ्यमा उक्त भेला भएको हो । जिल्ला सदस्य लक्ष्मण यादवले उदघोष गरेको कार्यक्रममा पार्टीको बरिस्ठताको अधारमा स्थानीय गोपाल चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको जनाईएको छ । सयौं वडावासीको उपस्थिती रहेको कार्यक्रममा अनन्तलाल चौधरी ( आनन्द ) अध्यक्षमा निर्विरोध चयन भएको स्थानीय सुशान्त चौधरीले बताए । समितिको उपाध्यक्षमा शन्तिलाल मण्डल , बेचन भगत यादव , महिला उपाध्यक्षमा प्रमिता देवि चौधरी , सचीवमा माधव प्रसाद यादव , सह- सचीवमा भोलादेवी चौधरी , रामबृक्ष सदाय , सदस्यहरुमा मुसनी देवि सदाय , दिपलाल सदाय , सुनिल चौधरी लगायत चयन भएको आयोजकले जनाए । पार्टीको केन्द्र , प्रदेश र जिल्ला कमिटिको पदाधिकारीको रोहवरमा भब्य रुपमा कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१