Siraha Times
ताजा समाचार

अभिषेक यादवको अध्यक्षतामा २५ सदस्यीय अनेरास्ववियु महाराजगन्ज नगर कमिटी गठन

  • पुस ७, २०७८
  • १६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु ,पुष ७ गते अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज नगर कमिटीको प्रथम सम्मेलन आज एक कार्यक्रमका बिच महाराजगन्जमा सम्पन्न भएको छ ।अनेरास्ववियु महाराजगन्ज नगर कमिटीका अध्यक्ष अभिषेक मणि यादवको अध्यक्षता तथा अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य अन्जित खनाल ज्यू प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।अनेरास्ववियु महाराजगन्ज नगर कमिटीको प्रथम सम्मेलनले अभिषेक यादवको अध्यक्षतामा २५ सदस्यीय महाराजगन्ज नगर कमिटी गठन भएको छ । जसको उपाध्यक्ष पदमा साजिदा खातुन र चादनी यादव हुनु भएको छ ! सचिवको पदमा नारायण चौधरी , सहसचिवमा विरेन्द्र कुर्मी ,सत्यवती कसौधन र रिता कुर्मीले जिम्मेवारी पाउनु भएको हो भने कोषाध्यक्षमा दिपेन्द्र कुमार कुर्मी चयन हुनु भएको हो । कार्यक्रममा प्रमुख अथिति खनालले बोल्दै अखिलले विद्यार्थीहरुलाइ अनुशासनमा रहन सिकाउनुको साथै आफ्नो कर्तव्यको पालना गर्न पनि सिकाएकोमा जोड दिनु भएको छ ।

यस्तै गरि अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य रतन वि क ले केन्द्रिय कमिटीको सर्कुलर अनुसार सबै स्थानिय तहमा नगर सम्मेलन गर्नुपर्ने भएकोले नगर सम्मेलनको आयोजना गरिएको जानकारी दिनु भएको थियो ।कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका नगर अध्यक्ष दिपक द्विवेदीले बोल्दै आफु नेकपा एमालेमा कसरि आबद्ध भएको बताउदै विद्यार्थी संगठन हुदै आज युवा संघ सम्म आइपुग्न कसरि सफल भएको बारेमा जानकारी गराउनु भएको थियोे ।राष्ट्रिय युवा संघका उपाध्यक्ष अतहर अलि सन्चालन गर्नु भएको कार्यक्रममा अखिल शिवराज नगर कमिटी उपाध्यक्ष राहुल यादव विद्यार्थीहरूको लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१