बरियारपट्टी गाउँपालिकाको कर्मचारीहरु आन्दोलित

  • पुस ६, २०७८
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार  लहान/६पुस। निर्वाचितहरुबाटै आफूहरु असुरक्षित भएको भन्दै सिरहास्थित बरियारपट्टि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले भोलिदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादव र उनको श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएपछि कर्मचारीहरु कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि वाध्य भएर कार्यालय बन्द गर्ने निर्णय गरिएको जनाउनुभयो । लेखा प्रमु्ख विजय कुमार ठाकुरले उक्त शिर्षकको रकम कानुनी अनुसार एकै चोटी दिन नमिल्ने वताउँदा वताउँदै उपाध्यक्ष रेखा कुमारी यादव र उनका श्रीमान पवन कुमार यादवले जबरजस्ती रकम निकासाको दवाव दिंदै अपशब्द प्रयोग गरेको कारण कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो । कर्मचारीहरुले आफूहरुले न्यायको लागि सम्बन्धित निकायमा समेत जाने उल्लेख गरेका छन् । गाली बेइज्जती गर्नेहरुलाई कार्वाही नहुन्जेलसम्मको लागि आफूहरु कार्यालयमा उपस्थित नहुने बताएका छन् । घटना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोसँग सम्पर्क गर्न खोज्दा उहाँसँगको सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

धनगढीमाईमा तेसर जिल् ...

ओम प्रकाश यादव लहान पुष ३० । थारू समुदायको मौलिकता, पौराणिक कला तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्य ...

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१