Siraha Times
ताजा समाचार

नेपाली काङ्ग्रेसका नेता विपी भुवन यादवको प्रदेश सदस्यमा उम्मेदवारी

  • पुस ६, २०७८
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/६पुस। नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसका जुझारु युवा नेता भुवनेश्वर प्रसाद यादव (वि पी भुवन यादव)ले उम्मेदवारी दिइएको छ। नेता यादवले जनकपुरधाममा भोलि पुस ७ गते हुन गइरहेको चुनावमा अमुल्य मतका लागि सबैमा अनुरोध गरेका छन। आफ्नो अमुल्य मतका लागि सबैमा आभार समेत प्रकट गरेका छन। सिरहा निर्वाचन क्षेत्र नम्बर २ "ख" प्रदेश सुखीपुर नगरपालिका वडा नम्बर २ विद्यानगरका चर्चित नेताका रुपमा विपि भुवन यादवलाई चिनिन्छ। नेता विपि भुवन यादव विगत २०४८ सालदेखि हालसम्म नेपाली काङ्ग्रेसमा लगनशीलतालाई निरन्तरता दिनु भएको छ। युवा नेता विपि भुवन यादवलाई सुखीपुर नगर सुधार समितिका संयोजक तथा सखीपुर नगरपालिका बचाउ संघर्ष समितिका संयोजक भई काम गरेर स्थानीयको मन जितेर स्थानीयलाई संतुष्ट गर्न सफल भएको एक स्थानीय किरण यादवले बताए ।

विद्यार्थी राजनीतिमा सक्रिय यादव विद्यार्थीको हकहितका लागि लडि रहने । विद्यार्थीहरुको योगदान आन्दोलनमा समेत उल्लेख्यीय योगदान दिइएको नेता यादवले बताए । लामो समय विद्यार्थीहरुको आन्दोलनको नेतृत्व गर्नुभयो । युवा नेता यादव समाजिक सेवामा काम गरिरहँदा खास गरी गरिब, मजदूरको हकहित र समानताको आवाजलाई नारा बनाउँदै गरिएका आन्दोलनमा वहाँले उल्लेख्य योगदान रहेको छ । समाजमा ब्याप्त अन्याय, अत्याचार र हिंसात्मक घटनाविरुद्ध आवाज मात्रै हैन कलमसमेत चलाएर वहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । समाजलाई मुर्तरुप दिन युवाहरुको अग्रसरता अत्यावश्यक रहेको बताउने वहाँले समानता र समृद्धिका लागि योग्य, सक्षम, क्षमतावान युवाहरू समेत पार्टी राजनीतिमा आउन जरुरी रहेको ।

जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने यादव एक उर्जाशील युवा नेता हुन् । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ प्रदेश नम्बर २ मा प्रदेशको सदस्य पदमा उम्मेदवारी दिएको बहाँले बताउनुभयोे । यी र यस्ता समाज परिवर्तनका चासोका विषय राख्ने भएका हुनाले भोलिको चुनावको परिणामबाट सफल हुने नेता यादवको अनुभव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१