Siraha Times
ताजा समाचार

सिरहामा सहजरुपले मल उपलब्ध नभए हामी सडक आन्दोलनमा जान्छौं किसान अगुवा यादव

  • पुस ६, २०७८
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ पुष- तराई मधेसमा मलखाद्यको सहज उपलब्ध नहुँदा किसानहरु मार्मा परेका छन्।धानबाली भित्र्याएपछि सिरहाको किसानलाई यतिखेर हिउँदे बाली अर्थात् तोरी र गहुँ छर्ने चटारो रहेको छ। रासायनिक मलखादको अभावमा किसानहरुलाई तोरी तथा गहुँ खेती गर्न समस्या भएको छ। सिरहाको बिष्णुपुर गाउँपालिका स्थित रहेको साना किसानको अध्यक्ष सरोज कुमार यादवले सिरहा लगायत तराई मधेसका सम्पुर्ण जिल्ला किसानहरुलाई मलखाद्य सहज उपलब्ध गराउन केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेका छन्। साना किसान बिष्णुपुर सखामा करिब ४ सय सदस्य रहेका किसान अगुवा तथा साना किसान बिष्णुपुरका अध्यक्ष सरोज कुमार यादवले जानकारी दिनु भयो। तर पछिल्लो समयमा किसानलाई सहुलियत दरमा उपलब्ध गराउन अनुदानमा पाउने रसायनिक मल सिरहाको सहकारी संस्थाहरुले किसानलाई नदिई कमिशन लिएर अन्य नीजि पसलमा बिक्री वितरण गर्न थालेपछि किसानहरु मारमा परेका छन् । सिरहामा सहज रूपमा मलखाद्य उपलब्ध न भए हामी किसानहरु सडक आन्दोलनमा जाने सरकारलाई चेतावनी दिएका छन्।

नेपाल सरकारले सहकारी संस्था मार्फत सरकारले किसानहरुलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउने व्यवस्था गरेको छ। सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड मार्फत आपूर्ति गर्ने गरी स्थानीय तहको सिफारिसको आधारमा किसानलाई सहुलियत दरमा वितरण गर्न सहकारी संघ संस्थाहरुलाई अनुदानमा मलखाद दिने गरेको छ। किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा सिरहामा एक सहकारी संस्थाले अनुदानमा पाएको रसायनिक मल अन्यत्र बिक्री गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शन गरेका छन्।सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरु आक्रोशित भएका छन्।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१