Siraha Times
ताजा समाचार

लहान नगरपालिका वडा नम्बर ३ मा जसपाको वडा कमिटी गठन: अध्यक्ष नेता महतो चयन

  • पुस ६, २०७८
  • १३६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ पुष -सिरहाको लहान नगर पालिका वडा नम्बर-३ मा जनता समाजवादी पार्टी नेपालको नयाँ वडा कमिटी गठन गरेको छ्।स्थानीय समाजसेबि तथा जसपा नेता राम उदगार महतोलाई सर्वसहमतिले चयन गरेका छन। जसपाको बृहत कार्यक्रमको आयोजना गरि नयाँ वडा कमिटी गठन गरेका छन्।लहान नगरपालिकाको अधिकांन्स वडाहरुमा जसपा नेपालको वडा कमिटी गठन भई सकेको जसपाको लहान नगर अध्यक्ष दिनेश महतोले जानकारी दिनुभयो। उक्त कार्यक्रमको प्रमुखमा जनता समाजबादीमा पार्टीको केन्द्रिय सदस्य तथा वरिष्ठ जनप्रीय नेता राज कुमार गुप्ता,उर्फ राजु गुप्ता रहनु भएको थियो।बिशिष्ट अतिथिमा जसपाका परिषद् सदस्य जितेन्द्र महतो,राम बहादुर यादव, प्रदेश सदस्य कमिटी सदस्य राम चलितर महतो,बैधनाथ प्रसाद साह,रिता यादव,शत्रुधन मण्डल,प्रदेश नम्बर २ को खेलकुद अध्यक्ष राजेश गुप्ता,क्षेत्र१का क्षेत्री अध्यक्ष प्रयाग लाल यादव नगर अध्यक्ष दिनेश महतो प्रदेश सभा क का अध्यक्ष मुरारी साहको उपस्थितिमा समिति गठन गरेका छन्। जसपा वडा ३ को समितिको अध्यक्षमा राम उदगार महतो लाई सर्बसहमतिले निर्बिरोध चयन भएका छन्।सुज अभियान अन्तर्गत लहान वडा नं ३ मा जसपा नेपालको वडा स्तरीय अभिमुखिकरण तथा समायोजन कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो । अब आउने चुनावमा लहान ३ मा जसपाको सरकार बनाउने नव कमिटी अध्यक्ष राम उदगार महतोले प्रतिबद्धता ब्यक्त गर्नु भयो।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१