Siraha Times
ताजा समाचार

लहानमा मधेशवादीले गरे ब्लाकआउट, नेकपाले मनाए दीपावली

  • असोज ३, २०७५
  • ६२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान, ३ असोज । संविधानको कतै विरोध त कतै दीपावली गरेर मनाएको छ । लहानमा मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र तराई मधेश राष्ट्रिय अभियानले सन्ध्याकालिन जुलुस प्रदर्शन गर्दै ब्लाकआउट गरेको छ । उता, नेकपा लहानको सहिद चौकदेखि सय मिटर पश्चिम संविधान समर्थनमा दीप प्रज्वलन गरी दीपावली मनाएको छ । संविधान विरोधमा आज असोज ३ गते विहानदेखि मधेशवादी दलले सिरहामा प्रदर्शन गरेको छ भने सिके राउतका कार्यकर्ता जनकपुर जान लाग्दा मिर्चैयामा प्रहरीले अबरुद्ध पुर्याएको छ । लहानमा ब्लाक आउट गर्नको निम्ति राष्ट्रिय जनता पार्टी नेपालका लहान नगर समितिका अध्यक्ष महमुद आलम, केन्द्रीय सदस्य भरत साह, संघीय समाजवादी फोरमका दिपेश यादव, धनेश्वर यादव र तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय सदस्य ललितनारायण महतो, शंकर साहलगायतको नेतृत्वमा संविधान विरोध कालो दिन मनाउंन नेतृत्व गरेका छन् । सांझ ६ बजेदेखि साढे सात बजेसम्म करिब पांच सय मधेशवादी युवा नेता कार्यकताहरुले सन्ध्या जुलुस प्रदर्शन गर्दै ब्लाक आउट गरेका छन् । प्रदर्शनकारीहरुले सडकमा चलेका गाडी र पसल घरमा रहेको बती निभाउंन लगाउंदै प्रदर्शन गरेका छन् । उता, प्रदर्शनकारीले नेकपाले प्रज्वलित गरेको दीप समेत निभाएका छन् । प्रदर्शनपछि आन्दोलनकारीले कोणसभा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१