लहान/पुस३गते। सिरहाको लहान नगरपालिका वडा नम्बर ४ द्वारा आयोजित जनता समाजवादी पार्टी नेपाल ( जसपा ) सुज अभियान कार्यक्रम आज शनिबार लहान-४ मा सम्पन्न गरेको छ। लहान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामनाथ पण्डितको अध्यक्षतामा सो सुज अभियान कार्यक्रम सम्पन्न भएको छ। नेता पण्डित विभिन्न बेतिथिहरुबारे बोल्दै, अब , लहानका मेयर मुनि साहलाई सबै मिलेर तह लगाउने बेला (समय) आएको छ।लहान नगरपालिका वडा न.४ लाई नर्कमा बिथोल्ने प्रयास मेयर साहले गरेका छन। फोहोर मैला व्यवस्थापनका लागि वडा नम्बर ४ लाई छानेर डम्पिङ निर्माण गरिएको प्रति वडावासी आक्रोशित भएको छ। स्वर्गारुपि अनुभुति हुने ठाउँ लहान नगरपालिका वडा नम्बर - ४ लाई नर्कमा परिणत गर्ने मेयर साहको यस रवैया प्रति वडावासी खेद जनाएका छन। लहान नगरपालिका वडा नम्बर ४ लाई मरुभूममा धकेल्न प्रयास मेयर साहले गरेको नेता रामचलिर महतोको कथन छ। लहानका मेयर मुनी साह आफैंले जनतामाथि जानलेबा हमला गराउने नगर प्रहरी , प्रशासनको पहलमा प्रहार गराउने जोकोही गैरजिम्मेवारी र लोकतन्त्र बिथोल्ने प्रयास भएको नेता पण्डितले दाबी गरेका छन। एमाले घुसपैठ नेताहरुलाई बुझ्नु पर्छ,नेपालको सम्पत्ति , जनताको पैसा हो- यसलाई सदुपयोग हुनुपर्छ; दुरुपयोग होइन्न। जस्ता कथन नेता पण्डितले राखे । लोकतन्त्र , जनताको चाहना हकहितका निम्ति काम गर्ने जनतन समाजवादी पार्टीलाई मेयरको मैका दिनुपर्ने बला भएको नेता पण्डितले जिज्ञासा राखे। यो सँगै प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजकुमार गुप्ता , विशिष्ट अतिथि रामचलितर महतो , जितेन्द्र प्रकाश महतो , अतिथिहरु प्रदेश सदस्य रिता यादव , सत्रुधन मण्डल , दिनेश महतो लगायत जसपा शिर्ष नेता तथा कार्यकर्ताहरुले आआफ्नो मन्तव्य राख्दै आजको कार्यक्रम सम्पन्न गरेका छन।


प्रतिक्रिया दिनुहोस
जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा “Nutrition for Life (N4L)” कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic