ताजा समाचार

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

  • पुस २, २०७८
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस २, २०७८ सिराहा— कांग्रेस नेतृ चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । एक पदका लागि दुई उम्मेदवार थिए । जसमा सभापति शेरबहादुर देउवा समूहकी यादवले २ हजार ७ सय ३१ मत पाइन् भने शेखर कोइराला समूहकी गीता चौधरीले १ हजार ८८५ मत पाइन् । प्रदेश २ बाट खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा निर्वाचन समितिले मतगणना गरिरहेको छ । शुक्रबारसम्म १३ पदाधिकारीको गणना सकिएपछि अब सदस्यको मतगणना सुरु भएको हो । अब ढिलोमा एक साताभित्र सबै पदको मतपरिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेसले यसपटक १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको थियो । सांभार:- ईकान्तिपुर डट कम।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤