Siraha Times
ताजा समाचार

सिरहामा संविधान दिवस : सक्तारुढ र प्रतिपक्ष दलका प्रतिनिधी नै सहभगिता जनाएनन्

  • असोज ३, २०७५
  • १३४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज ३ । संविधान जारी गरेको दिन अर्थात असोज ३ लाई भव्य रुपमा मनाउने भनिए पनि संविधान जारी गर्ने दल सक्तारुढ र प्रतिपक्षका प्रतिनिधीहरु सहभागिता जनाएका छैनन् । संविधान दिवस जिल्ला स्तरीय मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सक्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुको सहभागिता देखिएन् । २०७२ सालमा संविधान जारी गर्दा नेपाली काँग्रेस नेतृत्वको सरकार थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालले संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । तर जिल्ला स्तरीय कार्यक्रममा राजनीतिक दलका प्रमुख र प्रतिनिधीहरुको सहभागिता देखिएको थिएन् ।

दिवसका अवसरमा निकालिएको प्रभात फेरीमा स्कूले बालबालिकादेखि निजामती कर्मचारी र केही संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सहिद राजेश ठाकुर पार्कवाट निकालिएको प्रभात फेरीमा स्कूले बालबालिकाले ‘नेपालको संविधान रक्षा गरौं, संविधान परिपालनमा सहभागी बना’ैं लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । त्यसमा साथ दिदै थिए राष्ट्रिय सेवा दल (एनसिसि)का छात्राछात्रा र नेपाली सेनाका वैण्डवाजा सहितको टोलीले ।

प्रभात फेरीको अग्रस्थानमा थिए, राष्ट्रिय सेवा दल (एनसिसि)को प्रशिक्षण लिदै गरेका ३६ जना विद्यार्थीहरु । त्यसको पछिपछि वैण्ड सहितको नेपाली सेनाको टोलीको सहभागीता रहेको थियो । नेपाली सेनाको टोलीको पछिपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी सहभागीता जनाएका थिए । सुरक्षा निकायका पछिपछि विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुका बालबालिकाको सहभागिता रहेको थियो । बालमन्दिर माध्यमिक विद्यालय, चन्द्र माध्यमिक विद्यालय, माउण्ट एभरेष्ट इग्लिस बोर्डिङ स्कूल, बालसंसार इग्लिस सकेण्डरी स्कूल, एभरग्रीन एकेडमी, शिद्धार्थ शिशु निकेतनका बालबालिका सहभागि रहेका थिए ।त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विभिन्न कार्यालयका निजामति कर्मचारीहरुको सहभागिता रहेको थियो । तर जुलुसमा जिल्ला समन्वय समितिका सदस्य वाहके अन्य स्थानीय तहका जनप्रतिनिधी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायत दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थिएन् ।

प्रभातफेरी पछि भएको समारोहमा कर्मचारीहरुकै सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा भएको समारोहमा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र नापी कार्यालयका प्रमुख राकेश कुमार मिश्राले कविता वाचन गरेका थिए ।समारोहमा नेपाल रेडक्रस सोसाईटीका सभापति राजदेव यादव, नागरीक समाजका अध्यक्ष तारणी प्रसाद यादव, पत्रकार अनिरुद्र ठाकुर, जिसस उपसभापति सरोज कुमार यादव, जिसस समन्वय अधिकारी सुभाकर रेग्मी लगायतले संविधान दिवसवारेमा आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१