Siraha Times
ताजा समाचार

कृषिमा राज्यले तराईलाइ उपेक्षा गरेकाे छ : अध्यक्ष चाैधरी

  • पुस १, २०७८
  • १०१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । राज्यले तराईलाई हेर्ने दृष्टिकाेण फरक रहेकाले किसानहरु संकुचित भई अन्नमा परनिर्भरता बढ्दै गएकाे छ । अन्नका भण्डार तराई-मधेशका उर्बरक भुमिमा किसानले समयमा मल, खाद, सिंचाई र बिउबिजन पाए भने परनिर्भरता घट्ने किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप चाैधरीले बताउनुभयाे । बर्षाैंदेखि तराइका जनता खेतीका अतिआवश्यक सामग्रीका लागि भारतमा निर्भर छन । राज्यले कृषि उत्पादकत्व बढाउन उचित कदम नाचालेकै कारण भारत लगायतका देशबाट अन्न आयात गर्नुपरेकाे अध्यक्ष चाैधरी बताउँछन् । तराईमा अन्न उत्पादकत्व बढाउन उचित सिचाई साधान , बिउबिजन लगायत मलखाद समेतका समयमा उपलब्ध्ता हुन अति नै आवश्यक रहेकाे । राज्यले चासाे नलिएकाले तराईका अधिकांश जिल्लामा भारतीय बीउ खादमाथि निर्भरता पनि बढ्दै गएकाे छ । छिमेकी देश चीनबाट ल्याइएकाे धानका बीउमा बाला नै नालाग्ने , मलखादका लागि पनि नाकाबन्दी सरह गरेका घटना विभिन्न संचारमाध्यममा आइसकेकाले स्थानीय किसानपनि अन्याेलमा छन विदेशी हाइब्रिड बिउमाथिकाे विस्वास गुमिसकेकाे छ । अहिलेकाे आधुनिक युगमा पुरानै विधिमा खेतीपाती गर्दा अन्नमा निर्भरता बढ्दै जाने हाे भने गरिबी झन बढ्नेछ ।त्यसैले सरकारले नयां नया याेजना ल्याउन आवश्यक देखिन्छ जसले उत्पादन बढाउंछ र परनिर्भरता घटाउने सराेकारवालाकाे भनाई छ ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१