ताजा समाचार

सिरहाको धनगढीमाई नगरपालिकाको सामान्य परिचय

  • पुस १, २०७८
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस १ । धनगढीमाई नगरपालिकाको पूर्वमा लाहान नगरपालिका पक्षिम्ममा गोलबजार नगरपालिका उत्तरमा उदयपुरको कटारी नगरपालिका दक्षिणमा सुखीपुर नगरपालीका र लक्ष्मीपुर गाउँपालिका रहेको छ । धनगढी भगवतीको नामबाट बिक्रम सम्वत २०७२ असोज १ गते धनगढीमाई नगरपालिकाको रूपमा स्थापित भएको हो । कुल १५९.५१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा १४ वटा वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना अनुशार ४७,४४९ जनशङ्ञा रहेको यो नगरपालिका साविक गाउँविकास समिति हरु बिष्णुपुरकटी , धनगढी ,भवानीपुर ,हनुमाननगर , फुलकाहाकटी र अयोध्यानगर मिलेर बनेको नगरपालिकामा जम्मा १४ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको उत्तरी भेगमा पर्ने मोतीश्री , पल्लार , मडयान , महाजनि , दलमे , खुट्टी , चट्यान , अमले , सरे , हात्तीढुङ्गा , मैनी खोला , दुरविन डाँडा , लगायतका ठाउँहरु दुर्गम क्षेत्रका रूपमा रहेका छन् भने दक्षिणि भेगमा सुगम रहेका छन् । मिश्रित बसोबास रहेको यस नगरपालिकामा मगर , राई , क्षेत्री ,तामाङ , दमाई ,सार्की , कामी ,ठकुरी , महतो ,यादब ,थारु ,धानुक ,खत्वे ,डोम ,चमार ,मुसहर , नेवार लगायतका मानिसहरूको बसोवास रहेको पाइन्छ । पर्यटनको दृष्टिकोणले गडमे , दूरबिन डाँडा , सलहेस , परेवा भिर, साफा दुलो आदिको आफनै सांस्कृतिक ,धार्मिक मान्यता रहिआएको छ । यस नगरपालिकाको मध्यभागबाट पुर्व पश्चिम नेपालको राजधानी काठमाडौं जानको लागि महेन्द्र राजमार्ग गएको छ भने छपराडी , धनगढी , जीराेमाइल र कसहा मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको छ भने बारियरपट्टी सडखण्ड छिमेकी राष्ट्र भारतको सीमासँग जोडिएको छ । यस नगरपालिकाको पहिलाे नगर प्रमुख को रूपमा हरिनारायण चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤