सिरहाको धनगढीमाई नगरपालिकाको सामान्य परिचय

  • पुस १, २०७८
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस १ । धनगढीमाई नगरपालिकाको पूर्वमा लाहान नगरपालिका पक्षिम्ममा गोलबजार नगरपालिका उत्तरमा उदयपुरको कटारी नगरपालिका दक्षिणमा सुखीपुर नगरपालीका र लक्ष्मीपुर गाउँपालिका रहेको छ । धनगढी भगवतीको नामबाट बिक्रम सम्वत २०७२ असोज १ गते धनगढीमाई नगरपालिकाको रूपमा स्थापित भएको हो । कुल १५९.५१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा १४ वटा वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना अनुशार ४७,४४९ जनशङ्ञा रहेको यो नगरपालिका साविक गाउँविकास समिति हरु बिष्णुपुरकटी , धनगढी ,भवानीपुर ,हनुमाननगर , फुलकाहाकटी र अयोध्यानगर मिलेर बनेको नगरपालिकामा जम्मा १४ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको उत्तरी भेगमा पर्ने मोतीश्री , पल्लार , मडयान , महाजनि , दलमे , खुट्टी , चट्यान , अमले , सरे , हात्तीढुङ्गा , मैनी खोला , दुरविन डाँडा , लगायतका ठाउँहरु दुर्गम क्षेत्रका रूपमा रहेका छन् भने दक्षिणि भेगमा सुगम रहेका छन् । मिश्रित बसोबास रहेको यस नगरपालिकामा मगर , राई , क्षेत्री ,तामाङ , दमाई ,सार्की , कामी ,ठकुरी , महतो ,यादब ,थारु ,धानुक ,खत्वे ,डोम ,चमार ,मुसहर , नेवार लगायतका मानिसहरूको बसोवास रहेको पाइन्छ । पर्यटनको दृष्टिकोणले गडमे , दूरबिन डाँडा , सलहेस , परेवा भिर, साफा दुलो आदिको आफनै सांस्कृतिक ,धार्मिक मान्यता रहिआएको छ । यस नगरपालिकाको मध्यभागबाट पुर्व पश्चिम नेपालको राजधानी काठमाडौं जानको लागि महेन्द्र राजमार्ग गएको छ भने छपराडी , धनगढी , जीराेमाइल र कसहा मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको छ भने बारियरपट्टी सडखण्ड छिमेकी राष्ट्र भारतको सीमासँग जोडिएको छ । यस नगरपालिकाको पहिलाे नगर प्रमुख को रूपमा हरिनारायण चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

वेतहामा प्रथम कोदो द ...

रहमुल लहान १८ साउन । सिरहाको लहान नगरपालिकामा सञ्चालित संरक्षण परियोजना मार्फत वाडा न.१५ वेतहामा प्र ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १६ श्रावण। नेशनल मेडिकल कलेज प्रा.लि.वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्र ...

खानेपानीको निहुँमा न ...

ओम प्रकाश यादव लहान, साउन १६ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न.५, निपनिया मलहटोलीमा खानेपानी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१