ताजा समाचार

सरोकारवालाहरुद्वारा परियोजनाको अनुगमन र समिक्षा

  • पुस १, २०७८
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी १ , पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा बुधबार कार्यक्रमहरुको सामुहिक रुपमा फिल्ड अनुगमन र समिक्षा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम / लैङ्गिक केन्द्रित परियोजना र घरमा सुरक्षीत सिकाई परियोजनाद्वारा गरेको विभिन्न कामहरुको सामुहिक रुपले स्थलगत रुपमा अनुगमन गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले जानकारी दिनुभएको छ । जि.स.स. सप्तरीका नि. समन्वय अधिकारी तथा कार्यक्रम सल्लाहकार समितिको संयोजक दिलिप साहको नेतृत्व /अध्यक्षतामा अनुगमन तथा समिक्षा गरिएको थियो । सरोकारवालाहरुले समुहिक रुपमा गरेको फिल्ड अनुगमनमा सबल नेपालले कार्यक्षेत्र भित्रका ( समुदाय स्तरमा ) सराहनीय काम गरेको प्रसंसा गरेका छन् । समिक्षा गर्ने क्रममा बोल्दै सहभागीहरुले आउने बर्षमा सबल नेपालले सप्तरी जिल्लामा थप कार्यक्षेत्र बिस्तार गरेर कामको निरन्तरता दिन माग गरिएको छ ।

Open photo

स्थानीय सरकारलाई सबल नेपालद्वारा संचालित परियोजनाहरुले धेरै साकारात्मक सहयोग गरिरहेको भन्दै समिक्षामा सहभागी सरोकारवालाहरुले भने , ' पलिकाले लक्षित वर्गका लागि बार्षिक रुपमा छुट्टयाईरहेको बजेट नीति तथा कार्यक्रमहरुमा समेत योजना निर्माण र कार्यान्वयनमा परियोजनाले धेरै नै साकारात्मक सहयोग गरिरहेको बताएका छन् ।, खडक नगरपालिकाका नगर प्रमुख हेमायु हक , सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरी सेभ द चिल्ड्रेनको कार्यक्रम संयोजक कान्ति खड्का , सुरुङ्गा नगरपालिकाका शिक्षा संयोजक हिरालाल राणा , खडक नगरपालिकाका स्वास्थ्य शाखाका मो. जाकिर हुसेन लगायत सबल नेपालका कार्यसमितिका पदाधिकारी , कर्मचारी , संचारकर्मी लगायत दर्जनौं सरोकारवालाहरुको रोहवरमा दुई समूह बानाई स्थलगत अनुगमन गरिएको परियोजना अधिकृत राधेश्याम रामले बताए ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤