सरोकारवालाहरुद्वारा परियोजनाको अनुगमन र समिक्षा

  • पुस १, २०७८
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी १ , पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा बुधबार कार्यक्रमहरुको सामुहिक रुपमा फिल्ड अनुगमन र समिक्षा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम / लैङ्गिक केन्द्रित परियोजना र घरमा सुरक्षीत सिकाई परियोजनाद्वारा गरेको विभिन्न कामहरुको सामुहिक रुपले स्थलगत रुपमा अनुगमन गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले जानकारी दिनुभएको छ । जि.स.स. सप्तरीका नि. समन्वय अधिकारी तथा कार्यक्रम सल्लाहकार समितिको संयोजक दिलिप साहको नेतृत्व /अध्यक्षतामा अनुगमन तथा समिक्षा गरिएको थियो । सरोकारवालाहरुले समुहिक रुपमा गरेको फिल्ड अनुगमनमा सबल नेपालले कार्यक्षेत्र भित्रका ( समुदाय स्तरमा ) सराहनीय काम गरेको प्रसंसा गरेका छन् । समिक्षा गर्ने क्रममा बोल्दै सहभागीहरुले आउने बर्षमा सबल नेपालले सप्तरी जिल्लामा थप कार्यक्षेत्र बिस्तार गरेर कामको निरन्तरता दिन माग गरिएको छ ।

Open photo

स्थानीय सरकारलाई सबल नेपालद्वारा संचालित परियोजनाहरुले धेरै साकारात्मक सहयोग गरिरहेको भन्दै समिक्षामा सहभागी सरोकारवालाहरुले भने , ' पलिकाले लक्षित वर्गका लागि बार्षिक रुपमा छुट्टयाईरहेको बजेट नीति तथा कार्यक्रमहरुमा समेत योजना निर्माण र कार्यान्वयनमा परियोजनाले धेरै नै साकारात्मक सहयोग गरिरहेको बताएका छन् ।, खडक नगरपालिकाका नगर प्रमुख हेमायु हक , सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरी सेभ द चिल्ड्रेनको कार्यक्रम संयोजक कान्ति खड्का , सुरुङ्गा नगरपालिकाका शिक्षा संयोजक हिरालाल राणा , खडक नगरपालिकाका स्वास्थ्य शाखाका मो. जाकिर हुसेन लगायत सबल नेपालका कार्यसमितिका पदाधिकारी , कर्मचारी , संचारकर्मी लगायत दर्जनौं सरोकारवालाहरुको रोहवरमा दुई समूह बानाई स्थलगत अनुगमन गरिएको परियोजना अधिकृत राधेश्याम रामले बताए ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१