ताजा समाचार

शिक्षा र स्वास्थ अझैपनी आम जनताको पहुँच बाहिर : पुर्व उपप्रधानमन्त्री यादव

  • मंसिर २८, २०७८
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी , मंसिर २८। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आम जनताको पहुँच बाहिर रहेको बताउनु भएको छ । महोत्तरीको रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली को उदघाटन गर्नु हुँदै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको यश भागका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गर्नु भयो । सरकारले समेटन नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको उहाँ को कथन थियो । कार्यक्रमका बिशिस्ट अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०० बेडको यो अस्पतालले यश भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिनु भयो । अस्पतालका संचालक समेत रहनु भएको पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा ज स पा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव ,आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह,पुर्व कृषि मन्त्री हरि नारायण यादव, पप्रदेश सदस्य कौशल यादव , संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤