शिक्षा र स्वास्थ अझैपनी आम जनताको पहुँच बाहिर : पुर्व उपप्रधानमन्त्री यादव

  • मंसिर २८, २०७८
  • ८८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी , मंसिर २८। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आम जनताको पहुँच बाहिर रहेको बताउनु भएको छ । महोत्तरीको रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली को उदघाटन गर्नु हुँदै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको यश भागका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गर्नु भयो । सरकारले समेटन नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको उहाँ को कथन थियो । कार्यक्रमका बिशिस्ट अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०० बेडको यो अस्पतालले यश भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिनु भयो । अस्पतालका संचालक समेत रहनु भएको पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा ज स पा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव ,आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह,पुर्व कृषि मन्त्री हरि नारायण यादव, पप्रदेश सदस्य कौशल यादव , संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध गाँज ...

ओम प्रकाश यादव लहान जेठ ५ । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ०१, देविपुरमा सञ्चालित 'शिद्धीक ...

पशुपति आदर्श माविमा ...

लहान जेठ ५ । पशुपति आदर्श माविमा नौ वर्षअघिको भाडा रकम प्रकरण : थारु संघद्वारा भ्रामक समाचारविर ...

सिरहा प्रहरीले लागुऔ ...

ओम प्रकाश यादव लहान, जेष्ठ ४ । सिरहा जिल्लामा लागुऔषध कारोबार र अवैध रकमको ओसारपसारमा संलग्न पाँच जन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१