Siraha Times
ताजा समाचार

गुप्ता एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओली कपिलवस्तु आउने

  • मंसिर २७, २०७८
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / बिजयनगर अध्यक्ष के.पी शर्मा ओली नेकपा एमालेमा कपिलवस्तु आउनु हुने भएको छ । कृष्णनगर नगरपालिका ८ बहादुरगन्जमा पौष ६ गते मंगलबार हुने जिल्ला पार्टीले आयोजना गरेको विशाल जनसभामा आउने कार्यक्रम रहेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । कपिलबस्तु जिल्लाका कृष्णनगर निवासी लोकप्रिय नेता मंगल प्रसाद गुप्ताले सोही दिन नेकपा एमाले पार्टीमा प्रवेश गर्ने कपिलबस्तु जिल्ला नेकपा एमाले अध्यक्ष झबिलाल पोख्रेलले बताउनुभयो । मंगल प्रसाद गुप्ताले विजयनगर धर्मेन्द्र चौधरी संग कुराकानी गर्दै आफु सहित हजारौं कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गर्ने जानकारी दिनु भयो । नेकपा एमाले अध्यक्ष ओली विशाल जनसभालाई सम्बोधन गर्ने मिति तय गरिएको गुप्ताले बताउनु भयो । बहादुरगंजमा हुने कार्यक्रममा हजारौ संख्यामा कार्यकर्ता उतार्ने तयारी रहेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१