ढठा छाेर तथा सिनाेबहिष्कार आन्दोलनका अगुवाकाे हुन् शिवकुमार महरा !

  • मंसिर २२, २०७८
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हामी मधेस का चमार जाति हाै । हाम्रो जातका मुख्य काम र पेशा भनेकाे मरिसकेको पशुहरूलाई फाफ्ने र त्यसकाे छाला निकालेर घाममा सुकाएर बेच्ने थियाे र छालाका जुत्ता नया निर्माण गर्ने र फाटेकाे चप्पल र जुत्ता लाई सिउने र त्यो बापत आएकाे आम्दानिले घरखर्च चलाउने मुख्य आय श्राेत नै सिनाे फाल्ने र अाम्दानि गर्ने थियाे । त्यति वेला आर्थिककाे जरजरता रहेकाे अवस्थामा मरिसकेको गाई बस्तुकाे छालापनि निकाल्ने र त्यहीँ सिनाेकाे मासुपनि खानुपर्ने बाध्यता थियाे र कतिले मासुकाे सुकुटी बनाएर बर्षाै भरि खाने गरिन्थ्याे । रविदास समाज नेपाल काे अगुवाइमा मधेस का जिल्ला हरूमा सिनाे बहिष्कार आन्दोलन तथा ढठा छाेर आन्दोलन तिवर गतिमा गाउँ गाउँ मा भईरहेकाे थियाे र ढठा छाेर आन्दोलन सँग जनचेतना स्तरउठाउने सभा सममेलन पनि गरि चमार समुदाय लाई संगठित गर्दै समेत थियाे । रविदास समाजमा पदाधिकारी हरू अनेक बाधा अवरोध पारगर्दै सिनाेबहिषकार र ढठा छाेर आन्दोलन लाई निरन्तर अगाडि बढाउदै लगे र सिनाे बहिष्कार समर्थक र अवरोधक बिच घमासान संघर्ष लामाे समय देखि चलिरह्याे र आजकाे दिनमा अन्तत: ढठाछाेर अान्दोलन सफल रहयाे । नेपाल रविदास समाज नामक जातीय संगठन निर्माण गरि सिरहाका शिव कुमार महराकाे नेतृत्वमा सिनाे बहिष्कार आन्दोलन गाउँ गाउँ मा चलाईरहकाे थियाे । उहाकै नेतृत्व मा चमार जातिलाई संगठित गर्दै आन्दोलन उत्कर्षमा समेत पुगिसकेको थियाे । २०५६ सालमा सिरहा काे लहानमा सिनाेबहिष्कार आन्दोलन काेठूलाे रूपलियाे र अान्दोलन सफल समेत भयाे । आज जुन चमार समुदायको डठाछाेर आन्दोलन बाट मुत्ति पाएकाे त्यसकाे श्रेय धेरैलाई जान्छ त्यसकाे मुख्य श्रेय नेपाल रविदास समाजकाे सिरहाका सिनाे बहिष्कार आन्दोलन कर्मि शिवकुमार महरालाई दिनै पर्छ र राज्य ले महान समाजिक आन्दोलन गरेकाे व्यत्तिलाई राज्य द्वारा सम्मान गर्न आवश्यक छ । नेपाल रविदास समाजमा पदाधिकारी मध्ये र ढठा छाेर अान्दोलन का अगुवा शिवकुमार महरा सिरहा जिल्ला काे कल्याणपुर नगरपालिका वडा नम्बर १ मा वहाँ काे घर छ ।वहाँ काृ जन्म २०२२ सालमा अति गरिव परिवारमा जन्मिनु भएकाे शिवकुमार महरा समुदाय काे उत्थान र समािजक न्याका लागि दिनअहाेरात खरि खटिरहनु भएकाे महरा अहिलेसम्म अविवाहित रहि अन्याय काे विरूद्व संघर्ष गरिरहनु भएकाे छ । वहाँ स्वर्गीय सुवाई महरा र स्वर्गीय तेत्रि देवि महारकाे ३ वटा छाेरा मध्ये दाेश्राे छाेराे हुन  । वहाँ काे ३ दाजुभाइ र २ वटा दिदिबहिनी छन ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१